२८ आश्विन २०८३, बुधबार

बेलायतमा ‘डाक्टर टुवराज–मुगादेवी बास्तोला’ फाउण्डेसन स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UK-Dr-Tumdevi-Foundation

बेलायत । कास्की जिल्लाका असहाय बालवालिका एवं दुर्गम भेगका विद्यालयहरुमा शैक्षिकस्तर बृद्धिका लागि सहयोग पुर्‍याउने उद्देश्यले ‘डाक्टर टुवराज–मुगादेवी बास्तोला’ फाउण्डेसन बेलायतमा स्थापना गरिएको छ ।

लामो समयदेखि अध्यापन क्षेत्रमा आफुलाई समर्पित गराउंदै आउनुभएका डाक्टर टुवराज तथा श्रीमती मुगादेवी वास्तोलाको नाममा बेलायतमा बसोबास गरिरहेका रमेश बास्तोलाले फाउण्डेसन स्थापना गरेका हुन् । रमेश बास्तोला डा। टुवराज तथा मुगादेवी बास्तोलाका छोरा हुन् ।

शिक्षासेवी टुवराज बास्तोलाले तीनवटा विषयमा मास्टर्श डिग्री प्राप्त गरेका छन् । पोखरास्थित बाराही उच्च माध्यामिक विद्यालयमा ३३ बर्ष अध्यापन गरेका उनी हाल शिवशक्ति महाविद्यालयको सञ्चालक समिति अध्यक्ष छन् । वास्तोलाले स्वर्गिय राजा महेन्द्रबाट गोरखा दक्षिणबाहु पदक तथा राष्ट्रपति डाक्टर रामबरण यादवबाट ‘क श्रेणीको नेपाल विद्या भुषण पदक’ प्राप्त गरेका थिए ।

स्विण्डनस्थित गोर्खा भिलेज नेप्लिज रेष्टुरेण्टमा आयोजित एक कार्यक्रमकाबीच रमेश बास्तोलाले सामाजिक उदेश्यका साथ शैक्षिक क्षेत्रको विकासमा आफुले पाईला चालेको बताए । उनले अक्षयकोषका लागि शुरुवातमा पांचलाख रुपैंया घोषणा गर्दै फाउण्डेसनका लागि हालसम्म करीब दश लाख रुपैयाको कोष स्थापना भईसकेको र यस कोषलाई पञ्चिसलाख पुर्‍याउने उनले जनाए । बुबा आमा बांचुञ्जेल प्रतेकबर्ष एकलाख रुपैंयाका दरले आफ्नो तर्फबाट अक्षयकोषमा जम्मा गर्ने उनको योजना छ ।

अक्षयकोषको ब्याज तथा आफुले प्रतेकबर्ष दिने एकलाख रुपैंयाबाट असहाय वालबालीका एवं विद्यालयको स्तर उन्नतीमा खर्च गरिने बास्तोलाले जानकारी दिए ।

सामाजिक भावना भएका बास्तोलासंग धेरै संघसंस्थामा रहि सामाजिक काम गरेको अनुभव पनि छ । उनले सहारा क्लवद्धारा निर्मित सहारा भवनमा तिनलाख रुपैंया खर्चेर रमेश–रुचिला कक्ष निर्माण गरेका छन् । समाजसेवी बास्तोला गोर्खा भिलेज नेप्लिज रेष्टुरेण्टका प्रोपाईटर समेत हुन ।

फाउण्डेसन सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीको कार्यलय, जिल्ला शिक्षा कार्यलय तथा जिल्लास्थित अन्य सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरु समितिमा रहनेछन् । उनीहरुकै सिफारीश अनुसार उपयुक्त स्थानमा सहयोग रकम दिइनेछ ।

कार्यक्रममा स्विण्डनस्थित लेबोर पार्टीका उपप्रमुख एवं स्थानीय काउन्सीलर जुनाव अलिले फाउण्डेसन सफलताको शुभकामना दिए ।

स्विण्डनस्थित विभिन्न जातीय एवं क्षेत्रीय प्रतिनिधिहरु सहभागि कार्यक्रममा स्विण्डन नेपाली समाजका अध्यक्ष राजनकुमार क्षत्रीले फाउण्डेसन स्थापना गरि रमेश बास्तोलाले समाजमा उदाहरणीय काम गरेको बताए । जातिय तथा क्षेत्रीय प्रतिनिधिहरुको रोहबरमा घोषणा गरिएको यस फाउण्डेसनलाई सबैले साथ दिनुपर्ने उनको भनाई थियो ।

स्विण्डन नेपाली समाजकी उपाध्यक्ष एवं नेपाली जनसम्पर्क समिति बेलायतकी सह महामन्त्री कोपीला सुब्बाले ‘डाक्टर टुवराज मुगादेवी फाउण्डेसन’ सफलताको शुभकामना दिंदै शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउनु सह्रानीय रहेको बताईन ।

सो अवसरमा स्विण्डन नेपाली समाजका संस्थापक अध्यक्ष क्या सन्त पुन, तमुधिं स्विण्डनका अध्यक्ष जुम बहादुर गुरुङ, मगर संघका मोहन थापा, लिम्बु समाजका कृष्ण लिम्बु, राई समाजका शिव राई लगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागि थिए ।