‘राजनीतिक मामिलामा अनाश्यक चासो र हस्तक्षेप’
१९५० को सन्धी लगायतका असमान सम्बन्ध परिवर्तन गर्नुपर्ने
चीन र भारतको सम्बन्ध सुधारले नेपालमा त्रिदेशीय विकास सहयोगको संभावना
भारत र पाकिस्तानको द्वन्द्वको छायाँमा सार्क
एमालेले भारतीय राजनीति लोकसभा निर्वाचनपछि दक्षिणपन्थी दिशामा ढल्किएको टिप्पणी गरेको छ । नवौं महाधिवेशनका लागि तयार पारिएको राजनीतिक दस्तावेजमा एमालेले भारतीय पछिल्लो राजनीतिक अवस्थाबारे मुल्यांकन गरेको हो ।
भारतमा लोकसभा निर्वाचनबाट भारतीय जनता पार्टी भाजपा शक्तिशाली रुपमा उदाएको छ । भाजपा गठबन्धनले झण्डै दुई तिहाई सिट जिटेपछि त्यही पार्टीका नरेन्द्र मोदी प्रधानमन्त्री बनेका छन् ।
‘निर्वाचन परिणामले भारतीय राजनीति दक्षिणपन्थी दिशामा ढल्किए पनि दक्षिण एसियामा स्थिरता, विश्वास र सहकार्यको नया वातावरण निर्माण गर्न र यस क्षेत्रको शक्तिशाली राष्ट्र हुनुको नाताले भारतप्रति रहेको संशय र चिन्तालाई सम्वोधन गर्न निर्वाचनपछि बन्ने सरकारले भूमिका खेलोस् भन्ने अपेक्षा गर्नुपर्छ’, एमाले अध्यक्ष झलनाथ खनालले पेश गर्ने दस्तावेजमा भनिएको छ ।
भारत-नेपालका चासो र सरोकारका बिषयहरु खोतल्दै एमालेले १९५० को सन्धी लगायत असमान सम्बन्धलाई परिवर्तन गर्नुपर्ने धारणा अघि सारेको छ । भारतसंग पारस्परिक सम्मान र लाभमा आधारित सम्बन्ध विकास गर्न चाहेको एमालेको भनाई छ ।
खनालले नेपालको राजनीतिक मामिलामा भारतको हस्तक्षेप हुने संकेत गरेका छन् । ‘नेपालको राजनीतिक मामलामा भारतीय पक्षबाट बेलाबेलामा प्रकट हुने अनावश्यक चासो र हस्तक्षेपका बिषयहरू हाम्रो सरोकारका बिषय हुन्’ दस्तावेजमा भनिएको छ ।
भयावह बन्दै गएको व्यापार घाटा, नेपाली कृषि उपजलाई भारतमा प्रवेश गर्न उत्पन्न गरिने विभिन्न वाधा अवरोध, सीमा समस्या, जलस्रोतको वहुपक्षीय उपयोगका सम्बन्धमा देखा पर्ने गलत सोच र व्यवहार प्रति पनि एमालेले चासो प्रकट गरेको छ ।
भारतले नेपालप्रति चासो राख्ने सिमापार अपराध, भारतीय मुद्राको अबैध कारोबार लगायतका बिषय गम्भिर रहेको उल्लेख छ । ‘हामी हाम्रा छिमेकीका जायज चासो र सरोकारप्रति सजग छौं । त्यस्तै सजगता र सम्मान हामी हाम्रा मित्रहरू, विशेषतः छिमेकीबाट चाहन्छौु’ दस्तावेजमा भनिएको छ, ‘नेपाल- भारत सम्बन्धका कतिपय जटिलतालाई जिम्मेवार कुटनीतिक पहलका माध्यमबाट समाधान गर्नुपर्छ ।’
चीनसंगको सरकारको बिषयहरुबारे भने एमालेले धेरै खोतलेको छैन । तर चीनले नेपालसंग नेपाली भूमि चीनको विरोधमा प्रयोग हुने हो कि भन्ने चिन्ता प्रकट गरिरहेकोको उल्लेख छ । नेपाल चीन विरोधी गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्घता गर्दै एमालले आर्थिक विकासको अभियानमा चीनको सकारात्मक भूमिकालाई अझै फरकिलो बनाउने धारणा अघि सारेको छ । कान्तिपुर दैनिकबाट














प्रतिक्रिया