२८ आश्विन २०८३, बुधबार

कुनमिङमा कोइराला ‘विशिष्ट अतिथि’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौं, २२ जेठ । चीन–दक्षिण एसिया एक्स्पोमा ‘विशिष्ट अतिथि’ बन्न प्रधानमन्त्री सुशील कोइराला बिहीबार बिहान विशेष चिनियाँ विमानबाट कुनमिङ उड्दैछन्। कुनमिङमा उच्च चिनियाँ र दक्षिण एसियाली नेतासँग कोइरालाको भेटवार्ता हुनेछ।

राजधानी बेइजिङ जाने कोइरालाको कार्यक्रम नभए पनि चीनका प्रधानमन्त्री ली खछ्याङसँग कुनमिङमै भेटवार्ता हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले लामो अन्योल चिर्दै सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गरी प्रधानमन्त्री कोइराला चीनको कुनमिङ जाने निर्णय गरेको हो। शुक्रबार युनान सदरमुकाम कुनमिङमा सुरु हुने दोस्रो चीन दक्षिण एसिया एक्स्पोमा प्रधानमन्त्री कोइरालाले विशिष्ट अतिथिका रूपमा यस वर्षको कन्ट्री अफ द अनरु अर्थात् विशिष्ट देश नेपालको प्रतिनिधित्व गर्नेछन्।

बुधबार बेइजिङबाट कुनमिङ पुगेका चीनका राजदूत महेश मास्केका अनुसार प्रधानमन्त्री कोइराला एक्स्पोमा सहभागी हुने निर्णयपछि चिनियाँ पक्षले खुसी व्यक्त गरेको छ।

नेपालका प्रधानमन्त्री एक्स्पोमा सहभागी हुने निर्णयले हामी धेरै खुसी छौं भनेर बेइजिङबाट परराष्ट्र मन्त्रालयका अधिकारीले सन्देश पठाएका छन्,’ राजदूत मास्केले भने, ‘चिनियाँ पक्षले कृतज्ञ महसुस गरेको छ, स्वागतको भव्य तयारी हुँदैछ।’ नागरिक दैनिकबाट