३० आश्विन २०८३, शुक्रबार

सुत्केरी महिलाको मृत्युपछि मणिपाल अस्पताल तनाब ग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  1. पोखरा, २१ जेठ । पोखराको फूलबारीस्थित मनिपाल शिक्षण अस्पतालmadi palमा  सुत्केरी गराउन गएकी एक महिलाको अचानक मृत्यु भएपछि अस्पताल तनावग्रस्त बन्यो ।

कास्कीको हेम्ला गाविस वडा नं ५ निवासी सञ्चारकर्मी कोपिला भण्डारी कार्कीको उपचारका क्रममा मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका थिए ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा मंगलवार मनिपाल शिक्षण अस्पताल व्यवस्थापन पक्ष र पीडितपक्षबीचको छलफलपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा रवि शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा मणिपाल अस्पतालकातर्पmबाट डा जेएसएस शर्मा र पीडितका पक्षबाट एक जना विशेषज्ञ चिकित्सक थप गरी छानबिन सुरु गरिने भएको छ । समितिले एक हप्ताभित्र घटनाको सत्यतथ्य छानबिन गरी जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

घटना विवरणअनुसार सुत्केरी व्यथाले च्यापेपछि भण्डारी गत आइतबार अस्पतालमा भर्ना हुनुभएको थियो । बच्चा उल्टो भएकाले चिकित्सकद्वारा शल्यक्रिया गरी बच्चा निकाल्नुपर्ने भन्दै शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया गरी निकालिएको बच्चाको अवस्था सामान्य रहेपनि भण्डारीको लगातार रक्तश्राव भई मङ्गलबार राति निधन भएको थियो ।

मृतकका आफन्तले चिकित्सकको लापर्बाहीले भण्डारीको मृत्यु भएको भन्दै आन्दोलनमा उत्रिएका थिए । मृतक भण्डारी सामुदायिक रेडियो हेम्जाकी कार्यक्रम प्रस्तोता हुन् ।