२८ आश्विन २०८३, बुधबार

मलेसियाद्वारा ‘झन्झटिलो’ भिसा प्रक्रिया लागू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiyaकाठमाडौं, २१ जेठ । वार्षिक डेढ लाखभन्दा बढी नेपालीले रोजगार पाउँदै आएको प्रमुख गन्तव्य मलेसियाले पूर्वसूचना नै नदिई एकतर्फी रूपमा लागू गरेको नयाँ भिसा प्रक्रियाबाट नेपाली कामदार मारमा परेका छन्।

मलेसियाले हस्तलिखित पासपोर्टमा भिसा लिएका नेपाली कामदारले मेसिन रिडेबल पासपोर्ट (एमाआरपी) बनाएपछि भिसा पनि त्यसैमा सार्नुपर्ने नियम लागू गरेको हो। मलेसिया दूतावासले ‘रद्द गरिएको पासपोर्टमा भएको भिसालाई मान्यता नदिने जानकारी गराएकोु परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीले बताए।

एमआरपी लिएपछि पुरानो हस्तलिखित पासपोर्ट स्वतः रद्द हुन्छ। मलेसियाको नयाँ व्यवस्थाअनुसार अब पासपोर्टसँगै त्यसमा भएको भिसा पनि रद्द हुनेछ, जुन नियम अरू कुनै देशमा नभएको सम्बद्ध अधिकारी बताउँछन्।

मलेसियामा करिब ७ लाख नेपाली कार्यरत छन्, जसमध्ये करिब ३ लाखको हस्तलिखित पासपोर्ट रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। नेपालका हकमा मात्र लागू गरिएको यस्तो व्यवस्थाबाट ३ लाख नेपाली प्रभावित हुनेछन्। २०७० भित्रै १ लाख ६६ हजार ८ सय ९८ नेपाली कामदार मलेसिया गएका थिए।

हस्तलिखित पासपोर्टवाहकले एमआरपीमा भिसा सार्न ३ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यो कामदारका निम्ति अतिरिक्त आर्थिक भार हो। भिसा शुल्क गत नोभेम्बरमा मात्रै वृद्धि गरिएको हो। त्यसअघि ७ सय रुपैयाँ मात्र थियो।

गत साता हस्तलिखित पासपोर्टमा भिसा भएका १७ नेपाली कामदारलाई मलेसियाले अध्यागमनबाटै ‘डिपोर्टु गरिदिएपछि यो नियमको खुलासा भएको हो। ती कामदारले बिदामा नेपाल आउँदा एमआरपी बनाएका थिए। वैदेशिक रोजगार विभागले जारी गर्ने अन्तिम श्रम स्वीकृति पनि नयाँ पासपोर्टमै लिएका थिए। मलेसियाको अध्यागमनले भने हस्तलिखित ‘रद्दु पासपोर्टमा भएको भिसालाई मान्यता दिएन। भिसा र श्रम स्वीकृति एउटै पासपोर्टमा हुनुपर्ने तर्क गर्‍यो। नागरिक दैनिकबाट