३० आश्विन २०८३, शुक्रबार

ओलीले एयरपोर्टमा भने – ‘काम गर्न सक्ने भएर फर्केको छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli-new

काठमाडौं, २० जेठ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफू स्वस्थ भएर नेपाल फर्केको बताउनुभएको छ ।

त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता ओलीले आफू काम गर्न सक्ने भएर फर्केको बताउनुभयो । मध्यान्ह १२ बजे थाइल्याण्डबाट काठमाडौं फर्कनुभएका नेता ओलीले आफूलाई नेपाली जनताले धेरै माया देखाएको पनि बताउनुभयो । ‘यसलाई मैले ऋणको रुपमा लिएको छु ।,’ ओलीले भन्नुभयो, ‘असल काम गरेर चुक्ता गर्छु ।’

नेता ओलीले आफ्नो स्वास्थ्यप्रति विशेष चासो लिएकोमा राष्ट्रपति, प्रधानमन्त्री, पार्टी नेता कार्यकर्तालाई पनि धन्यवाद दिनुभयो ।

नेता ओलीले आगामी महाधिवेशनबाटै सहमतिमै एमालेको नेतृत्व चयन गर्ने बताउनुभयो । महाधिवेशनसम्म पुग्दा सबै विवाद समाधान भएर सहमतिमा पुग्ने उहाँको विश्वास थियो ।

‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । पुरानोमा फर्काउने होइन ।,’ वरिष्ठ नेता माधव नेपाललाई संकेत गर्दै उहाँले भन्नुभयो, ‘यो प्रकृतिको नियम पनि हो ।’

गत वैशाख १७ गते बैंकक गएका ओली त्यहाँको बुमरुङगार्ड अस्पतालमा मेनेन्जाइटिसको उपचार गरी फर्कनु भएको हो ।

ओली पार्टीको नवौं महाधिवेशनमा अध्यक्ष लड्दैहुनुहुन्छ । उहाँ फर्केपछि महाधिवेशनको अभिायनमा तीव्र हुने बताइएको छ । ओली विदेशमा रहेपनि एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी र वामदेव गौतम तथा महासचिव ईश्वर पोखरेललगायतलले उहाँलाई पार्टीको नवौं महाधिवेशनमा अध्यक्ष बनाउन प्रचार प्रसार गरिरहनुभएको थियो ।