३० आश्विन २०८३, शुक्रबार

अपडेट: बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-acchident-piuthan

प्युठान, २० जेठ । प्युठानमा सोमबार भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

दुर्घटनामा परी नौ जनाको घटनास्थलमै र अन्यको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । मृतक सबै भारत उत्तर प्रदेशको बलरामपुर, गौण्डा र बहराइचलगायतका क्षेत्रका बासिन्दा हुन् । यीमध्ये चार जनाको मात्र परिचय खुलेको छ । उनीहरु भारत बलरामपुर निवासी सत्गुरु हर्जन, सनही हर्जन, दिलु हर्जन र फुर्ला हर्जन रहेका छन् । अन्यको कोही आफन्त नहुँदा सनाखत हुन सकेको छैन । घाइते ६४ जनालाई उपचारका लागि प्युठान अस्पताल विजुवारमा ल्याइएको थियो ।

अस्पतालमा उपचारका ल्याइएका घाइतेमध्ये ५७ जनालाई अन्यत्र पठाइएकोमा एक जनाको मेडिकल कलेज भैरहवामा मृत्यु भएको थियो । अहिले जिल्ला अस्पतालमा एकजनाको उपचार भइरहेको छ भने अन्य सबैलाई उपचारका लागि बुटवल र भैरहवा पठाइएको छ । भिंग्रीबाट कृष्णनगरका लागि जाँदै गरेको यात्रुवाहक बस प्युठानको गोठिवाङ–१, स्थित लामाचौरमा सोमबार साँझ दुर्घटना भएको थियो ।

स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थयात्रु बोकेको उक्त बस अत्यधिक यात्रुका कारण दुर्घटना भएको अनुमान गरिएको छ । अन्य कारण खुल्न सकेको छैन ।