सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

डिसीमा नेपाली मुलका बिद्यार्थीबीच हाजिरीजवाफ

दैनिक नेपाल २०७१ जेठ २० गते ११:१७
 USA-Nepali
विजय थापा / भर्जिनिया 
उत्तर अमेरिकाको नेपाली समुदायको सबै भन्दा जेष्ठ संस्था अमेरीका नेपाल सोसाईटीको आयोजनामा डि.सि.महानगर क्षेत्रका बिद्यालयमा अध्ययनरत नेपाली मुलका बिद्यार्थीहरु विचमा बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ l
 
उक्त हाजिरी जवाफ प्रतियोगितामा नौ वटा समुहमा चार/चार जना गरि समुह विभाजित गरिएको उक्त प्रतियोगितामा  आराधना अधिकारी, उपासना अधिकारी, अदिति पौडेल र अनिशा पौडेलको समुह -प्रथम ,विशाखा धमला, बसुधा धमला, आनन्दा पौडेल र अमिंम्शु खनालको समुह -द्वितीय तथा सुहानी पन्त, श्रृष्टी ज्ञवाली, अंकित भट्टराई र किशोर पन्थिको समुह –तृतिय भएका थिए ।
 
USA-Nepali2
प्रमुख अतिथि तथा नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषि राम घिमिरेले विजयी समुहलाई प्रमाण पत्र र नगद पुरस्कार क्रमश चार सय ,तीन सय र दुई सय डलर वितरण गर्दै उनीहरुलाई वधाई दिएका थिए l अमेरिका नेपाल समाजले रचनात्मक कार्यक्रम गरी नेपाली समुदायमा गरेको अहम भूमिका प्रति खुशी ब्यक्त गर्दै संस्थालाई धन्यवाद दिएका थिए l
 
प्रतियोगिताको लागि सम्पूर्ण रकम प्रदान गर्ने ब्यबसायी तथा समाज सेवी लोकनाथ तिवारीले आफ्नो दिवंगत वुवा श्री रुकमागत तिवारीको स्मृतीमा हरेक वर्ष कार्यक्रमको प्रायोजन गर्ने बताउदै बिजयी समुहलाई बधाई दिएका थिए भने नेपाली कला र संस्कृतिको बारेमा समेत जानकारी पुग्न सक्ने प्रकारका प्रश्न राख्न आयोजकलाई सुझाब दिएका थिए l
 
उक्त कार्यक्रममा उत्तर अमेरिका बिश्व बिद्यालयका प्रमुख कार्यकारी अधिकृत तथा सभापति जिल कु मार्टिन अतिथिको रुपमा उपस्थित भएका थिए भने उनले बिजयी बिद्यार्थीहरुलाई बधाई दिदै कालान्तरमा समुदायसंग मिलेर काम गर्न सकिने ईक्षा ब्यक्त गरे  l
 
सभापतिको आसनबाट मन्तब्य राख्दै संस्थाका अधक्ष्य ठाकुर पुडासैनी(बिद्या वारिधि )ले कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्दै नेपाली समुदायमा अमेरीका नेपाल समाजले खेलेको अहम भूमिका बारेमा चर्चा गरेका थिए l यस्ता प्रकारका शैक्षिक क्रियाकलाबले समुदाय तथा सहभागीहरुमा शिप ,ज्ञान तथा शिक्षा स्थान्तरण तथा मजबुत हुने बताउदै सबैलाई धन्यबाद दिएका थिए l
प्रतिक्रिया
सम्बन्धित