२८ आश्विन २०८३, बुधबार

टेक्सासमा नेपाल महोत्सव सम्पन्न, स्थानीय असन्तुष्ट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Festival-Texas

विकासराज न्यौपाने 

टेक्सास, अमेरिका । अमेरिकाको टेक्सास राज्यको डालस शहरमा नेपाल महोत्सव २०१४ सम्पन्न भएको छ ।

नेपाल अमेरिका वेलफेयर एशोसियसनको आयोजना र प्रवासी नेपाली मन्चको ब्यवस्थापनमा शनीबार देखि सुरु भएको महोत्सव सोमबार सम्पन्न भएको हो । नेपाल सरकारका उद्योग मन्त्री कर्ण थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा टेक्सासमा रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपाली संस्कृति झल्काउने र नेपालको प्रवद्धन गर्ने उद्धेश्य राखेर कार्यक्रम आयोजना गर्न लागेको आयोजकहरुको भनाई पश्चात स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

Nepal-Festival-Texas4

तीन दिन सम्म आयोजना गरिएको कार्यक्रमको पहिलो दिनमा भएको परेडमा स्थानीयहरुको बाक्लो सहभागिता रहेको भए पनि आयोजकहरुको ब्यवस्थापन कमजोरीका कारण दोश्रो र तेश्रो दिन दर्शकहरुको उपस्थिती घट्दै गएको थियो । आयोजकहरुले कार्यक्रमको दोश्रो दिन नेपाल सरकारका उद्योग मन्त्रीसँग स्थानीय बासिन्दाहरुको अन्तकृया राखेका थिए । अन्तकृया कार्यक्रम पश्चात दोश्रो दिनको साँझ गरिएको साँस्कृतिक कार्यक्रम भने उत्कृष्ट भएको थियो । कार्यक्रमको अन्तीम दिन सोमबार समापन कार्यक्रम गरिएको थियो ।

Nepal-Festival-Texas3

ट्रेड शोका साथै गरिएको समान कार्यक्रम प्रवासी नेपाली मन्चका अध्यक्ष सन्जय थापाको प्रमुख आतिथ्यता र कार्यक्रम संयोजक अग्नी संजेलको सभापतित्वमा सम्पन्न भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण डालसबासी नेपालीहरुको प्रशंसा गर्नुहुदै हार्दिक धन्यबाद दिनुभयो । बिजयराज भट्टराईले सन्चालन गर्नुभएको कार्यक्रमका सभापति अग्नी सन्जेलले सम्पुर्ण डालसका नेपालीहरुका साथै नेपाल सरकारका उद्योग मन्त्री लगायत सहयोग तथा शुभकामना दिनुहुने सबैमा धन्यबाद दिनुभयो ।

डालस शहरमा पहिलो पटक नेपाल महोत्सव सम्पन्न हुन लाग्दा स्थानीय अमेरिकनहरुमा उत्साह देखिए पनि आयोजकहरुको फितलो ब्यवस्थापनबाट उनीहरु असन्तुष्ट देखिए। कार्यक्रमको आयोजना हुन पहिला फूड कार्निभलमा सयौं खानाको परिकार राखिने जस्ता प्रचार गरिएको भए पनि आयोजक स्थलमा खाना तथा डिजे लगायतका कार्यक्रममा ब्यवस्थापन कमजोर भएको थियो ।

Nepal-Festival-Texas2