३० आश्विन २०८३, शुक्रबार

दुर्घटनाको खबरले गृहमन्त्री गृहजिल्ला हुँइकिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam1

काठमाडौं, २० जेठ । तीर्थयात्रु बोकेको बस दुर्घटना भई सोमबार प्यूठानमा १८ यात्रुको मृत्यु र ६३ जना घाइते भएको समाचार सुनेपछि एमाले उपाध्यक्ष, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम त्यसतर्फ जानुभएको छ ।

त्यहाँको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी दर्शन गर्न पुगेका दर्शनार्थीलाई बोकेको लु१ख ३८०३ नम्बरको बस सोमबार साँझ गोडिवाङ– १ स्थिति लामाचौरमा दुर्घटना भएको थियो ।
प्यूठान गएको मौकामा उहाँले भिङ्ग्रीमा सञ्चालित स्वास्थ्य शिविरको उद्घाटन पनि गर्दै हुनुहुन्छ ।

साथै, विमानस्थल निर्माणको प्रस्तावित क्षेत्र चाल्नेटारको अवलोकन एवं प्राविधिक परीक्षणको कार्यक्रममा पनि उहाँ सरिक हुनुहुने भएको छ ।

गौतम आजै साँझ राजधानी फर्किने कार्यक्रम छ ।