काठमाडौं, २० जेठ । नेकपा एमाले संसदीय दलका नेता तथा बरिष्ठ नेता केपी शर्मा ओली स्वास्थ्यलाभ गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ ।
गत वैशाख १७ गते बैंकक गएका ओली त्यहाँको बुमरुङगार्ड अस्पतालमा मेनेन्जाइटिसको उपचार गरी मध्यान्ह १२ बजे फर्कन लाग्नुभएको हो ।
नेता ओलीका स्वकीय सचिव इन्द्र भण्डारीका अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि उहाँ गत साता बैंककस्थित नेपाली दूतावासमै आराम गर्नुभएको थियो ।
ओली पार्टीको नवौं महाधिवेशनमा अध्यक्ष लड्दैहुनुहुन्छ । उहाँ फर्केपछि महाधिवेशनको अभिायनमा तीव्र हुने बताइएको छ । ओली विदेशमा रहेपनि एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी र वामदेव गौतम तथा महासचिव ईश्वर पोखरेललगायतलले उहाँलाई पार्टीको नवौं महाधिवेशनमा अध्यक्ष बनाउन प्रचार प्रसार गरिरहनुभएको थियो ।














प्रतिक्रिया