२८ आश्विन २०८३, बुधबार

बैठकमै जाँदैनन् सभासद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, २० जेठ । सोमबार दिउँसो संविधानसभा बैठककक्षमा राज्य पुनर्संरचनाबारे छलफल चलिरहेको थियो। नयाँ संविधानको चुरो विषयमै बहस चलिरहँदा त्यहाँ न गणनीय सभासद थिए, न शीर्ष तहका नेता। भएका पनि कोही मोबाइल च्याट र गेममा मग्न, कोही निन्द्रामा मस्त।

जनताले नयाँ संविधान बनाउन आफ्नो प्रतिनिधिका रुपमा मत दिएर संविधानसभा पठाएका अधिकांश सभासद बैठकमै जाँदैनन्।

संविधानसभा सचिवालयका अनुसार हाजिर गर्न भने दिनहुँ अधिकांश सभासद नयाँ बानेश्वरस्थित संविधानसभा सचिवालय पुग्छन्।

‘धेरैजसो हाजिर गरेर फर्कन्छन्, बैठकमा गएका पनि आफ्नो बोल्ने पालो भए बोल्छन् र फर्किहाल्छन्,’ संविधानसभा सचिवालयका एक कर्मचारी भन्छन्, ‘बोल्न सबै खोज्छन्, सुन्न कोही चाहँदैनन्।’

ती कर्मचारीका अनुसार सोमबारको बैठकमा जम्मा ५० सभासद उपस्थित थिए। तिनमा पनि अधिकांश विषयवस्तुमा केन्द्रित थिएनन्। कोही गफमा, कोही मोबाइलमा, कोही निन्द्रामा। बोल्ने बोल्याबोल्यै, ध्यान दिएर सुन्ने कोही छैन।

बैठक सुरु भएको चार महिनामै सभाहलको उपस्थिति ‘पट्ट्यारलाग्दो’ देखिन्छ। सचिवालय स्रोतका अनुसार बैठकको सुरुमा सयभन्दा बढी उपस्थित देखिने गरे पनि अधिकांश सभासद आफू बोलेपछि हिँडिहाल्छन्, रहेका पनि क्यान्टिनतिर गफ चुटेर समय कटाउँछन्। नागरिक दैनिकबाट