२८ आश्विन २०८३, बुधबार

एमाओवादीमा कार्यविभाजनः संस्थापन पक्ष नै असन्तुष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadiकाठमाडौं, २० जेठ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको कार्यविभाजनप्रति संस्थापन पक्षधर नेताले समेत असन्तुष्टि व्यक्त गरेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा दाहालनिकट नेताहरू लेखराज भट्ट, रामचन्द्र झा, उर्मिला अर्याल, विश्वभक्त दुलाल, महेन्द्र पासवानलगायतले असन्तुिष्ट जनाए। बैठकले भट्टराई र संस्थापन पक्षका केही नेताको असन्तुष्टि रहे पनि दाहालको कार्यविभाजन प्रस्ताव भने अनुमोदन गरेको छ।

नेता भट्टले कार्यविभाजनले पार्टी बनाउनेभन्दा पनि भत्काउने दिशातर्फ लगेको बताएका छन्। ुकार्यविभाजनले चित्त नबुझ्ने र नेतृत्वको वरिपरि नघुम्नेलाई थन्क्याउने काम गरेको छ, यसरी पार्टी बन्दैन,ु भट्टलाई उद्धृत गर्दै स्रोतले भन्यो।

उनले बैठकमा विधि र प्रक्रिया मिचेर कार्यविभाजन प्रस्ताव आएको पनि बताएका थिए।

एमाले परित्याग गरी आएका झाले पनि सेटिङ गरेर पदाधिकारी र स्थायी समिति चयन गरिएको भन्दै असन्तुष्टि जनाए। ‘नेतृत्व चयनका लागि निर्वाचन गर्ने विधि नै ठिक थिएन, यसलाई परिणामले पुष्टि गर्योष,’ झाले बैठकमा भने, ‘अब त म पनि सहानुभूतिको भारीले यसरी थलिएँ कि अब उठ्नै नसक्ने भएको छु।’

सचिव बनाउने भन्दै एमालेबाट ल्याइएका झाले स्थायी समिति र पदाधिकारी दुवैमा पराजित भएपछि ‘सहानभूति अब आवश्यक नभएकोु भन्दै दुखेसो पोखेका थिए।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट मूल पार्टीमा फर्किएका पासवानले आफूलाई पार्टी संगठनभित्र जिम्मेवारी नदिएको भन्दै दुखेसो पोखेको थिए। ‘मलाई पार्टी संगठनभित्र जिम्मेवारी दिइएन, बरु मधेसी मोर्चाको संयोजक बनाएर थन्क्याउने उद्देश्य राखेको देखियो,’ पासवानले बैठकमा भनेका थिए। नागरिक दैनिकबाट