काठमाडौं, २० जेठ । चर्को ब्याज असुली र व्यक्ति अपहरणको अभियोग लागेका महेशबहादुर सिंहलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ। जिल्ला न्यायाधीश राजेशकुमार काफ्लेको इजालाशले सिंहविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिने फैसला सुनाएको अदालतका स्रेस्तेदार श्रीप्रसाद सञ्जेलले जानकारी दिए।
सिंहलाई जिल्ला सरकारी वकिलको कार्यालयले अपहरण तथा शरीर बन्धक अभियोगमा दुई, अपहरण तथा शरीर बन्धक उद्योग एक र चोरीमा एक थान मुद्दा दायर गरेको थियो।
व्यक्तिहरूलाई दिएको ऋणमा धम्क्याएर चर्को ब्याज असुलेको र गैरकानुनी हतियार राखेको आरोपमा पक्राउ परेका सिंहमाथि लगाइएको आरोप पनि पुष्टि हुन नसकेको स्रेस्तेदार सञ्जेलले बताए।
जिल्ला अदालतले सफाइ दिए पनि उनीमाथि रहेको अन्य अभियोगका मुद्दा भने ललितपुर जिल्ला प्रशासनमा बाँकी छ। अवैध हतियार राखेको र वन्यजन्तु अवैध सिकार गरेको अभियोमा जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयमा उनीविरुद्धका दुई मुद्दा बाँकी छन्।
सिंहको करिब १ अर्ब बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको प्रहरीको प्रारम्भिक अनुसन्धामा देखिएको थियो। सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत मात्र अनुसन्धान हुनसक्ने भएकाले सरकारी वकिलले उक्त मुद्दा तत्कालीन समयमा दायर गरेको थिएन। नागरिक दैनिकबाट













प्रतिक्रिया