२८ आश्विन २०८३, बुधबार

एएनए फोरम आयोजक समितिद्वारा अन्तरक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ANA-Convention2

विजय थापा

भर्जिनिया । नेपाली दुतावासले आयोजनामा गरेको गणतन्त्र दिवस समारोहको अवसरमा एएनए फोरम आयोजक समितिका संयोजक बिष्णु कुमारी थापा तथा सहसंयोजक खेम भट्टचनको बिशेष पहलमा जर्जटाऊनस्थित होलिडे ईन होटेलमा घुम्ती बैठकको आयोजना गरिएको छ ।

आफूले गरेका काम कारवाही तथा अन्य बिषयमा छलफल गरिएको फोरम आयोजक समितिका सहसंयोजक खेम भट्टचनले बताए ।

अमेरिकाको व्यस्त जीवन र भौतिक रुपमा भेटघाट गरि गतिबिधि बारे जानकारी गराउन कठिन हुने र सबैलाई समय नमिल्ने हुनाले दुताबासले निमन्त्रणा गरेको अवसरमा घुम्ती बैठक बस्नु परेको फोरम संयोजक भट्टचनले बताए ।

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा आगामी जुलाई ४, ५, ६ तीन दिनसम्म हुने ३२ औं एएनए सम्मेलनमा नेपालको बिकास सम्बन्धी र नेपाली समुदायलाई लाभ हुने ज्ञानबर्धक चौबिस वटा फोरमहरु बिभिन्न संघ तथा संस्थाबाट गरिने जानकारी आएको एएनए फोरम आयोजक समिति संयोजक बिष्णु कुमारी थापाले बताइन् ।

ANA-Convention

फोरमहरुमा साहित्य, एएनए नेपाल विकास परियोजना, एएनए निर्वाचन, आप्रवासन, एनईसीसी, महिला, स्वास्थ्य, नासो समुदाय, बालबालिका, गैरआवासीय नेपाली संघ, युवा क्रियाकलाप, रक्तदान, अनेसास,रोजगार, लेखा परिक्षण,फ़िप्ना,खेलकुद, वृतचित्र,चलचित्र, बाणिज्य, नेपाल छात्रवृति, आरजेपीएस तुलसीपुर तथा नेपाली इञ्जिनिएर्स संघ डिसीका फोरमहरु हुने फोरम संयोजक थापाले बताइन । अर्थ सम्बन्धि नजिकबाट नियालिरहेका आर्थिक संयोजक लक्ष्मण प्रधानले हिसाबकिताबमा योजना बनाउनुपर्ने र पारदर्शी हुनुपर्ने कुरामा जोडदिए भने अमेरिकाभरिबाट करिब दशहजार नेपालीले यो सम्मेलनमा भाग लिने कुरा ३२ एएनए सम्मेलन प्रमुख संयोजक हेमन्त श्रेष्ठले बताए ।