मुलुकका गृहमन्त्री वामदेव गौतमले डोरी नाघेर सडक पार गरे । प्रश्न, वामदेवले डोरी नाघेको होइन, मुलुककै कानून व्यवस्था ठीक गर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्रीले यति सामान्य नागरिक दायित्व पनि निर्वाह गर्न नसकेर तमासाको पात्र बनेको हो । यही मेसोमा गौतम नांगिने अर्को खेला पनि देखियो, त्यो के भने मन्त्रालय सम्हालेको सुरुदेखि नै एक प्रहरी अधिकृत रमेश खरेलसाग उनी जुागाको लडाइ लडिरहेका थिए । यति नै बेला, अलि बढी नै हौसिएर बोलेका खरेललाई तह लगाउने मौका पाएका गृहमन्त्रीलाई निर्वाचन आयोगले औठा देखाइदियो । तर, सरकार लागेपछि के लाग्थ्यो र ? प्रहरी प्रधान कार्यालयले आयोग बनाएरै भए पनि खरेललाई नक्साल तानेर गौतमको फेस सेभिंग गरिदियो । प्रहरी अतिरिक्त महानिरीक्षक बन्न ब्रिफकेस बोकेर नायव प्रहरी महानिरक्षिकहरु हिडिरहेको बताएका खरेल कारबाहीमा परे पनि सिफारिसले उनकै दावीलाई पुष्टी गरी दियो । गृहमन्त्री वामदेव भन्छन्, कांग्रेसको बचन राखी दिन प्रहरी नियमावली नै संशोधन गर्नुपऱ्यो । कांग्रेस भन्छ, वामदेवले तीन करोड खाएर कनिष्ठलाई बढुवाको लागि सिफारिस गरे । एउटा प्रधानमन्त्रीको पार्टी, अर्को स्वयं गृहमन्त्री । अब कसको कुरा पत्याउने ? जे होस्, यी दुई प्रकरणमा मुलुकका गृहमन्त्री वामदेवको दौराको फेरमा हिलो लागेको छ । हिलोमा खेल्न रहर गर्ने दुस्साहसी वामदेवका लागि कतिञ्जेल शुक्र दाहिना हुने हुन् त्यो भने हेर्न बााकी छ । तर, मुलुकका गृहमन्त्री नै यसरी तमासाको पात्र बन्छन् भने भनी दिए के फरक पर्ला र? यो अजब गजबको नेपाल हो, यहाा जसले जे गरे पनि हुन्छ ।
OOO
मुलुकमा आउादो असार ८ गते चार संसदीय क्षेत्रमा उपनिर्वाचन हुादैछ । कांग्रेस सभापति तथा मुलुकका प्रधानमन्त्री सुशील कोइरालाको चितवन ४, त्यही पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको कञ्चनपुर ६, एमाले उपाध्यक्ष तथा मुलुकका उपप्रधानमन्त्री वामदेव गौतमको बर्दिया १ र एमालेकै वरिष्ठ नेता माधव नेपालको काठमाडौं २ रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । सत्तारुढ दलका चार ठूला नेताको प्रतिष्ठा दाउमा लागेको यो उपनिर्वाचन ती दलहरुका लागि मधुमासको मिनी जनमत संग्रह पनि हो । तर, चरम अन्तरपार्टी गुटबन्दीको सिकार बनेका यी दुई दलले आसन्न उपनिर्वाचनलाई त्यसरी लिएकै छैनन् । उता, प्रतिस्पर्धा गर्ने हैसियतको प्रमुख प्रतिपक्षी एमाओवादी पनि चरम गुटबन्दीमा रहेकाले सत्तारुढ दललाई त्यति टाउको दुखाइ भएको छैन । यसलाई उनीहरुको पक्षमा देखिएको सुखद संजोगभन्दा अरु के नै पो भन्न सकिएला र ?
काठमाडौं २ मा कांग्रेस र माओवादीले त्यही क्षेत्रमै पराजित क्रमश: दीपक कुइकेल र लीलामणि पोखरेललाई उम्मेद्वार बनाएका छन् भने एमालेले काठमाडौं ९ मा पराजित कृष्णगोपाल श्रेष्ठलाई काजमा खटाएको छ । यस्तै दशा अन्य निर्वाचन क्षेत्रमा पनि छ । अर्थात्, सत्तारुढ हुन् या प्रमुख प्रतिपक्ष, मतदातालाई छनौटको अधिकार पनि नदिई हारेका उम्मेद्वारलाई नै जबर्जस्ती थोपर्ने काम गरिरहेका छन् । यो आफैंमा दलहरुले अंगिकार गरेको एक किसिमको अप्रजातान्त्रिक कदम त हो नै, सागसागै हरुवा उम्मेद्वारको नैतिक धरातलको प्रश्न पनि हो । जब यस्तो प्रश्न सबै जोड र कोणबाट बल्झिन्छ भने भनी दिए के फरक पर्ला र ? यो अजब गजबको नेपाल हो, यहाा जसले जे गरे पनि हुन्छ ।
OOO
यो मुलुकमा चर्चित व्यक्तित्व हुनलाई आफ्नो काम गरे पुग्छ, अतिरिक्त केही गर्नै पर्दैन । किनकि, यहााको मूल चरित्र भनेको आफ्नो काम गर्ने हैन, नगर्ने हो । यस्तो आमचरित्र बोकेको मुलुकमा आफ्नो काम गर्नु नै अनौठो मानिन्छ र खबर बन्छ । यसरी नै खबर बनेका र बनाइएका एक ठूला मिडिया डार्लिंग हुन्, वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेल । उनले एक प्रहरी अधिकृतका रुपमा गरेको कार्य स्तूत्य छ, यसमा दुई मत छैन । तर, त्यति नै कामका लागि उनी यति धेरै उचालिए कि उचालिदा उचालिदै उनलाई आफू चेन अफ कमान्डमा रहनुपर्ने एक वदीधार्री प्रहरी अधिकृत भएको धरातलीय यथार्थ पनि बिर्से । भलै सत्य होला, तर उनले आफ्ना हाकिमहरु ब्रिफकेसमा पैसा बोकेर धाइरहेको सार्वजनिक अभिव्यक्ति दिन मिल्दैन । त्यसका लागि उनले चेन अफ कमान्डमै रहेर सम्बन्धित निकायमा आफ्नो कुरा राख्नु नै विधिसम्मत हो र हुनु पनि त्यही पर्छ ।
यस सन्दर्भमा बिर्सन नहुने पक्ष के पनि हो भने रमेश खरेललाई अति उचाल्ने उत्तोलकहरुले पनि उनलाई धरापमा पारेका हुन् । यसमा मुलुकभित्रका मूलधारको मिडिया, फेसबुके र ट्विटेहरु, खेताला गैससहरु, नाफा घाटाको हिसाव गरेर कुरा उग्राउने खेताला गैससहरु त थिए नै, मुलुकमा साना घरेलु विकास बैंक डुबाएर अमेरिका पुगेका एक तथाकथित भ्रष्टाचारविरोधी अभियन्ता पनि जोडिएका छन् । उनैले आयोजना गरेको कार्यक्रममा खरेललाई यति उत्तेजित बनाइयो कि उनी पदीय मर्यादा नै बिर्सेर भाषण गर्न पुगे । ती अभियन्ताले हरियो सुघाएका जंकिट मिडियाकर्मी पनि यसमा त्यतिकै दोषी छन् । अरुले उचाल्नु एउटा कुरा, आफैं उचालिनु अर्को कुरा । यसमा सबैभन्दा ठूलो कमजोरी कुसल प्रहरी अधिकृत खरेलको हैन, बर्दी बिर्सेर भाषणवाज नेता हुन खोज्ने मिडिया डार्लिंग खरेलको हो । यो पनि एउटा जल्दोबल्दो प्रसंग हो । जब यस्ता प्रश्नहरु नियमित आकस्मिकता बन्छन् भने भनी दिए के फरक पर्ला र? यो अजब गजबको नेपाल हो, यहाा जसले जे गरे पनि हुन्छ ।
OOO
यो मुलुकमा अनेकौ तमासेहरु छन् । उनीहरुको मूल धन्दा भनेकै पहुाच बनाउनु हो । अनि सहायक धन्दा चााहि, त्यसलाई आधार बनाएर आफ्नो फौबन्जारी तमासा गर्नु हो । तत्कालिन रानी ऐश्वर्यको कारिन्दादेखि गणतान्त्रिक नेपालको प्रधानमन्त्री सुशील कोइरालाको गुड बुकमा रहेका यस्तै एक तमासेले यसै साता मुलुकमा तामझामका साथ एउटा कार्यक्रम आयोजना गरे । प्रधानमन्त्रीले उद्घाटन र उपप्रधानमन्त्रीले समापन गरेको कार्यक्रममा २० दर्जनजति त अनेक नामका रंगिविरंगी मान सम्मान र पदवि नै बााडिए । अझै पनि राजतन्त्रको आरति उतार्ने त्यस्ता तमासेको ब्रान्डिंग गर्न मुलुकका प्रधानमन्त्री र उपप्रधानमन्त्री नै आफ्नौ हैसियत बिर्सेर पुग्छन् भने त्यसमा उनको के दोष ? दोष त यस देशको नियतिको हो क्या रे ? प्रश्न यी हर्कतेहरुको भन्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको हो । उनी मुलुकका अख्तियार प्रमुख हुन् र उनले आफ्नो नाम समेत प्रयोग गरेर कसैका लागि केही गर्न त कुरै छोडौं प्रभावित गर्ने संकेतसम्म गर्न पाउादैनन् । तर, दुर्भाग्य उनको नाम प्रयोग गरेर भाटभेटनीका मालिकलाई सडकमा स्वागत गेटमात्र लगाउन लगाइएन, अरु पनि धेरैलाई थर्काएर चन्दा उठाइएको गाइगुइा समेत चल्यो । के यसरी अख्तियार प्रमुखले आफ्नो नाम उपयोग दुरुपयोग गर्न दिन मिल्छ ? यति मात्र हैन, उनी आफैं समापन कार्यक्रममा विशेष अतिथिका रुपमा पनि सहभागी भए ? यसले के सन्देश दियो ? प्रश्न, कार्यक्रमसाग जोडिएका हर्ताकर्ताको सामाजिक छविको त हो नै, त्योभन्दा पनि मूल कु्रा अख्तियार प्रमुखले यसरी आफ्नो नाम उपयोग दुरुपयोग गर्न दिने कि नदिने भन्ने हो । तर दुर्भाग्य, यो देशमा अख्तियारको हिसावकिताव गर्नेले नै आफ्नो हैसियत बिर्सेर त्यस्तो हर्कत गर्छन् भने भनी दिए के फरक पर्ला र ? यो अजब गजबको नेपाल हो, यहाा जसले जे गरे पनि हुन्छ ।
OOO
प्रश्न यो अजब गजबको नेपाल हो, यहाा जसले जे गरे पनि हुन्छ भन्ने हैन । र, यस्तो प्रवृतिलाई बढावा दिनुपर्छ भन्ने पनि हैन । प्रश्न को आफ्नो र को पराइ भन्ने पनि हैन । न प्रश्न आग्रह पूर्वाग्रहकै हो । प्रश्न के हो भने खराव कार्य र प्रभृति जुन जोड र कोणबाट आए पनि खराव नै हो र त्यसलाई कुनै पनि अर्थमा बढावा दिनु हुादैन । राज्यको चौथो अंगको एक सदस्य हुनुको नाता, इमान्दारीपूर्वक वाचडगको भूमिका खेल्नु यो स्तम्भकारको कर्तव्य हो । पुरस्कारका नाममा विट जंकिट खानेहरुबाट पत्रकारिता हैन, पत्रुकारिता भैरहेछ र चौथों अंगले चुत्थो अंगको पगरी भिरिरहेछ । यस्तो अवस्थामा अप्रिय नै सही, केही मान्छेहरुले पत्रकारिताको अस्मिताका लागि आगोको बाटो हिड्नुपर्ने हुन्छ, यो स्तम्भकार आफूलाई त्यही विलोम बाटोमा हिडाउान चाहन्छ । किनकि, पत्रकारिता ट्ेजरी बेन्चमा हैन, अपोजिसन बेन्चमा बसेर गरिने आवाजविहीनहरुको आवाज हो । पत्रकारिताको एक विद्यार्थी हुनुको नाता यति ज्ञान पाउान कुनै आइतबार पर्खनु पर्दैन । आगे, उनीहरु नै जानुन् ।












प्रतिक्रिया