२८ आश्विन २०८३, बुधबार

पेरिसमा गणतन्त्र दिवसको रमझम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paris-Nepali-final

पेरिस । फ्रान्समा गणतन्त्र दिवस मनाइएको छ । पेरिसस्थित नेपाली राजदूतावासको आयोजनामा आइतवार सांझ युनेस्कोको मुख्यालयको हलमा सातौँ गणतन्त्र दिवस भव्यताका साथ मनाइएको हो । कार्यक्रममा कृषि विकास मन्त्री माननीय हरिप्रसाद पराजुली मुख्य अतिथिको रुपमा रहनु भएको थियो ।

कार्यक्रममा फ्रान्सको परराष्ट्र मन्त्रालयका प्रतिनिधी, सार्क मुलुकका राजदूतहरु, म्यानमार, मासेडोनिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, जर्जिया, ग्वाटेमाला का राजदूतहरु, फ्रान्स, ग्रीस, मोनाको तथा पोर्चुगलमा रहेका नेपाली वाणिज्यदूतहरु, युनेस्कोका उच्च पदाधिकारीहरु, प्राध्यापक, आर्टिष्ट, कलाकारहरु, नेपाली संगठनका अध्यक्ष तथा पदाधिकारीहरु, नेपालका लागी फ्रान्सका पुर्व राजदूतहरु, व्यापारीवर्ग, फ्रेन्च गैर सरकारी संगठनका अध्यक्षहरु, फ्रान्समा लामो समय देखि वसोवास गरी आएका विभिन्न महानुभावहरु लगायत नेपाली राजदूतावास परिवारको उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुरुमा ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनट मौन धारण गरिएको थियो । साथै नेपाल तथा फ्रान्सका राष्ट्रि्य गानहरु पनि बजाईएको थियो । सो अवसरका आगन्तुक पाहुनाहरुको स्वागत गर्नु हुंदै फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागी स्थायी प्रतिनिधि महामहिम श्रीमोहन कृष्ण श्रेष्ठले देशमा यताका केहि वर्षहरु देखि ठूलो सामाजिक तथा राजर्नैतिक परिवर्तन भै ६ वर्ष अगाडि गणतन्त्रको स्थापना भएको र हाल देश तथा विदेशमा वसेका सम्पूर्ण नेपालीहरुको ध्यान नयां नेपाल बनाउन केन्दि्रत रहेको कुरा बताउनु भयो ।
paris-Nepali4
सो अवसरमा माननीय कृषि मन्त्री श्रीपराजुलीले नेपालमा आएको ठूलो राजनैतिक उथलपुथलले एक नयां युगको शुरुआत भएकोले देशको भविष्य उज्वल भएको कुरा वताउनु भयो । वहांले नेपाल एक कृषि प्रधान देश भएकोले कृषिको राम्रो विकास भएमा देशको भविष्य राम्रो हुने भएकोले नेपाल प|mान्ससंग धेरै कुरा सिक्न अपेक्षित छ भनि आप\mनो उद्गार प्रकट गर्नु भएको थियो । कार्यक्रममा प्रशंसा केसी, समिक्षा थापा तथा अलिसा गुरुङ तथा श्रीबिमल बसेलले आआफ्नो नृत्यहरु प्रस्तुत गरी आगन्तुक पाहुनाहरुलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रमको अन्त्यमा नेपाली परिकारको प्रस्तृती पनि अति प्रशंसित रहृयो । साथै नेपालको वारेमा देखाइएको भिडियो ले पनि पाहुनाहरुको ध्यान तानेका थिए । काउन्सेसर तथा उप नियोग प्रमुख श्रीरामवावु ढकाले धन्यवाद ज्ञापन गरेका थिए ।