सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

एनआरएन अष्ट्रेलिया वृद्धाश्रम बनाउन रकम संकलन गर्दै

दैनिक नेपाल २०७१ जेठ १९ गते १८:५५

Australia-Nepali6

सिड्नी । नेपालको विराटनगरमा निर्माण गर्न लागिएको पाथीभरा श्रद्धाश्रमका लागि एनआरएनए अष्ट्रेलियाले करिब ७० लाख रुपैयाँ संकलन गरेको छ । एनआरएनए अष्ट्रेलियाको अगुवाईमा विराटनगर उपमहानगरपालिकासँग मिलेर निर्माण गर्न लागिएको सो वृद्धाश्रमका लागि पहिलो चरणको आर्थिक सहयोग संकलन कार्य अष्ट्रेलियामा रहेका नेपाली समुदायबाट शुरु गरिएको छ ।

प्रारम्भीक चरणमा करिब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको सो श्रद्धाश्रम निर्माणका लागि रकम संकलन गर्न एनआरएनए अष्ट्रेलियाले अष्ट्रेलियाको सिड्नीमा वाक फर नेपाल अर्थात नेपालका लागि हिडौँ कार्यक्रम र अर्को सहर मेलवर्नमा च्यारिटी डिनर(रात्रीभोज) कार्यक्रम सम्पन्न गरेको छ ।

Australia-Nepali

आइतवार विहान सिड्नीमा सम्पन्न वाक फर नेपालबाट करिब ४५ हजार अष्ट्रेलियन डलर र मेलवर्नमा शनिवार साँझ भएको च्यारिटी डिनरबाट २५ हजार अष्ट्रेलियन डलर संकलन गरेको एनआरएनए अष्ट्रेलियाका परोपकारी परियोजना संयोजक रमेश पाण्डेले बताएका छन् । सिड्नीमा बिहान सम्पन्न वाक फर नेपाल कार्यक्रमको गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट र स्थानीय रक्डेल सिटि काउन्सिलका शान ओ ब्रायनले उद्घाटन गरेका थिए ।

नेपालको झण्डा लिएर नेपालका बारे कुराकानी गर्दै हिडीएको सो कार्यक्रममा ४ सय भन्दा बढि संख्यामा नेपाली समुदायको उपस्थीति रहेको वाक फर नेपालका संयोजक बिजय पोख्रेलले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले नेपाली झण्डा , सामुदायिक सन्देह सहितको स्लोगानका व्यानर बोकेर सबैले उस्तै टिसर्ट र टोपी लगाएर सिड्नीको रक्डेल क्षेत्रमा आठ किलो मिटर हिडेका थिए ।

त्यास्तै मेलवर्नमा सम्पन्न च्यारिटी डिनरमा एनआरएनए आईसिसिका अध्यक्ष शेष घले सहितका स्थानीय नेपाली समुदायको उपस्थिति थियो । वृद्धाश्रम निर्माणका लागि आर्थिक संकलन गर्न सिड्नी र मेलवर्नमा जस्तै कार्यक्रम पर्थ , ब्रिसव्रेन ,एडिलेड ,डार्विन लगायतका शहरमा पनि निकट भविश्यमा आयोजना गरिने एन आर एन ए अष्ट्रेलियाका सचिव भरत पोख्रेलले बताए ।

Australia-Nepali1
शूरुवातमा कम्तीमा ५० जना वृद्दवृद्दालाई सेवा पुर्याउने गरी अत्याधुनिक प्रविधीयूक्त बनाईने भनिएको पाथीभरा श्रद्धाश्रमको पहिलो चरणको डिजाईन सकिएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले जानकारी दिएका छन् । प्रारम्भिक डिजाईन भैसकेको र अष्ट्रेलियामा रहेका नेपाली विज्ञ तथा स्थानीय विज्ञले अन्तिम डिजाईन तयार गर्ने काम धमाधम भइरहेकोले छिट्टै निर्माण कार्य शुरु हुने अध्यक्ष ओलीले बताए । यस अघि एन आर एन अष्ट्रेलियाले विराटनगर उपमहानगरपालिकासँग सम्झौता गरी बिराटनगर उपमहनगरपालिकाले उपलब्ध गराएको जमिनमा यो परियोजना बन्न लागेको हो ।

एनआरएनए अष्ट्रेलियाले दिर्घकालिन परियोजनाका रुपमा सञ्चालन गर्ने योजना बनाएको पाथीभरा श्रद्धाश्रम एन आर ए अष्ट्रेलियाको हाल सम्मकै ठूलो परोपकारी परियोजना भएको बताईएको छ । परियोजनालाई आ-आफ्नो ठाउँबाट यथासक्य सहयोग गर्न पनि एनआरएनए अष्ट्रेलियाले अपिल गरेको छ ।

Australia-Nepali2

प्रतिक्रिया
सम्बन्धित