२८ आश्विन २०८३, बुधबार

ग्लोबल आइएमईको थप शेयर पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

global ime bank(1)काठमाडौं, १९ जेठ । ग्लोबल आइएमई बैङ्क लिमिटेडको बिशेष साधारण सभाले सेयर जारी गरी पूँजी बृद्धि गर्ने सम्बन्धी बिषेश प्रस्ताव पारित गरेको छ ।

बैङ्कको आइतवार वीरगञ्जमा बसेको बिशेष साधारणसभाले सर्वसाधारण समूहमा कुल चुक्ता पूँजीको न्यूनतम ३० प्रतिशत सेयर स्वामित्व कायम गर्न  सेयर जारी गर्न लागेको हो ।

ग्लोबल आइएमई बैङ्क लिमिटेड र कमर्ज एण्ड ट्रष्ट बैङ्क नेपाल लिमिटेडको मर्जरपछि संस्थापक समूहको ७० दशमलब ६० र सर्वसाधारण समूहको २९ दशमलब ४० प्रतिशत शेयर स्वामित्व कायम हुन आएकोमा नेपाल राष्ट्र बैङ्कले सर्वसाधारण समूहमा कुल चुक्ता पूँजीको न्यूनतम ३० प्रतिशत सेयर स्वामित्व पुर्‍याउन निर्देशन दिएको थियो ।

रू ६ अर्व  पूँजी कोष रहेको बैङ्कको  करीब रू ५० अर्व निक्षेप तथा रू ४१ अर्व कर्जा लगानी रहेको छ । बैङ्कले १ सय २० भन्दा बढि सेवा सञ्जालमार्फत सेवा दिँदै आएको  छ ।