२८ आश्विन २०८३, बुधबार

गुट भेला रोक्न खनालको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jn Khanalकाठमाडौं, १९ जेठ । एमाले अध्यक्ष झलनाथ खनालले महाधिवेशनबाट नेतृत्व लिने तयारीमा रहेका  बरिष्ठ नेता माधव नेपाल र केपी ओलीका समूहलाई  गुट भेला नगर्न निर्देशन दिएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको बैठकमा दुबै समूहबाट शुरु भएका प्यानल र भेलाहरुप्रति गम्भिर असन्तुष्टि जनाउदै यस्ता गतिविधि नगर्न भनेका हुन् ।

नवौ महाधिवेशनको घोषणा भए लगत्तै नेपाल र ओलीका दुई गुटले दिनहुँ कार्यकर्ता भेला गरिरहेका छन् । दुबै पक्षले अ-आफ्नो प्यानलको समेत तयारी गर्दै उम्ममेदवारी घोषणा गरेपछि खनाल चिढिएका हुन् ।

पार्टी भित्र बैचारिक रुपमा एकता भइसकेको अवस्थामा अब नेतृत्व चयन समेत सहमतिबाट हुने अधार निर्माण भएको  खनालको  भनाई छ । ‘विचारमा सर्वसम्मति भएको छ, नेतृत्वमा पनि सहमतिको आधार तयार भएको  छ, यस्तो अवथामा प्यानल घोषणा गर्ने,  भेला गर्ने लगायत कामले पार्टीको हित गर्दैनु अध्यक्ष खनाललाई उद्धृत गर्दै बैठकमा सहभागी नेताहरुले भने, ‘अस्वस्थ्य बहसलाई रोक्नुपर्छ ।’

नवौ महाधिवेशनबाट नेतृत्व लिनका लागि बरिष्ठ नेता नेपालको समूहले शनिबार औपचारिक रुपमा उम्मेदवारी घोषणा  गरेको थियो भने ओली पक्षले पनि अध्यक्ष सहमति केही पदाधिकारीको समेत उम्मेदवारी केही समयअघि तय गरेको थियो ।

अध्यक्ष खनालले सहमतिबाटै अघि बढ्न दुबै समूहलाई आग्रह गरे । त्यसका लागि गुटबन्दी छोडेर सहमति निर्माणको दिशामा  अघि बढनु पर्ने उनको  सुझाव थियो । मुलुकलाई नेतृत्व गर्ने पार्टीभित्र अस्वस्थ्य खालको प्रतिस्पर्धाले हित नगर्ने उल्लेख गर्दै खनालले यस्तो गतिविधिमा शिर्ष नेतहरु नै संलग्न भएकोमा चिन्ता प्रकट गरे ।

पछिल्लो आम चुनावबाट भारतका कम्यूनिष्ट पार्टीहरुको अवस्था कुन हालत पुग्यो भन्ने दृष्टान्त प्रस्तुत गर्दै खनालले नेताहरुले सचेत हुन आग्रह गरे । पार्टी भित्र अस्वस्थ्यं प्रतिस्पर्धाले भारतीय कम्यूनिष्ट पार्टीहरुको हविगत हुन सक्ने खनालको भनाई थियो । खनाल पछिल्लो समयमा  सर्वसम्मतरुपमा नेतृत्व निर्माण गर्नुपर्ने लबिङ पार्टी भित्र गरिरहेका छ् ।

उनलाई सहयोग गर्दै आएको समूह यतिबेर नेपाल र  ओली खेमामा विभाजित भएको छ । अघिल्लो महाधिवेशनबाट खनालकै प्यानलबाट जितेका उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल लगायत केही नेता यतिबेर ओली खेमामा लागिसकेका छ् भने सचिव युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे अष्टलक्ष्मी शाक्य, घनश्यास भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरु नेपालको समूहमा छ ।

खनालले आफैले भावी नेतृत्वका लागि दाबी गरेका छैन् । उनले सर्वसम्मत रुपमा  नेताहरुले आ्वान गरे एक कार्यकालका लागि जिम्मेवारी  लिन तयार रहेको छ तर गुटबन्दी, प्यानल खडा गरेर आफू नेतृत्वमा जान नचाहेको  बताउदै आएका छ । उनले विचारमा एकरुपता आइसकेकाले सहमति बनेको अवस्थामा  जुन नेता अध्यक्ष बनेपछि केही फरक नपर्ने खनालको धारणा छ । कान्तिपुर दैनिकबाट