लुक्ला, १९ जेठ । सगरमाथा आधार सिविर पुगेर आएका एन हाउको सोमबार मलेसियाका लागि फ्लाइट छ। तर, उनी विमान नचल्दा लुक्लामै रोकिएका छन्।
भोली घर जाने फ्लाइट छ तर अहिले सम्म काठमाडौ पुग्न सकेको छैन,’ हाउ भन्छन्, ‘हेलिकप्टरमा जाने विचार गरेको छु तर महंगो रहेछ।’
उनी मात्र होइन खराव मौसमका कारण स्वदेशी तथा विदेशी पर्यटक लुक्लामा रोकिएका छन्। शनिबार दिनभर हुस्सु लाग्दा कुनै पनि उडान हुन सकेन भने आइतबार १० बजे पछि मौसम बिग्रिँदा यात्रुहरु काठमाडौ पुग्न सकेनन्।
राम्रो मौसममा १४ फ्लाइटसम्म हुने भए पनि शनिबार फ्लाइट हुन नसक्दा त्यसको भार आइतबारसमेत पर्न गएको छ।
आइतबार १० बजेसम्म जहाज आए पनि आजका सबै नियमति यात्रुको फ्लाइट हुन सकेन। खराव मौसमका कारण जहाज उड्न नसक्दा यात्रुहरु लुक्लामै बस्न बाध्य भए।
केही यात्रुहरु भने काठमाडौको लागि पैदल यात्रा थालेका छन्। नाम्चेबाट शुक्रबार वेलुका लुक्ला आइपुगेका सोनाम शनिबारको नेपाल एयरलाइन्सको जहाज नउडेपछि काठमाडौंको बस भ्याउन सल्लेरी तर्फ लागे। नागरिक दैनिकबाट













प्रतिक्रिया