२८ आश्विन २०८३, बुधबार

फेवाताल मिचेर पर्खाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fewa Tal Ma Parkhalपोखरा, १९ जेठ । मानवीय तथा प्राकृतिक अतिक्रमणको चपेटामा परिरहेको फेवातालको जलाशय क्षेत्रभित्र डुंगा व्यवसायीले मनलागी पर्खाल बनाएका छन्।

हाल सञ्चालित डुंगाघाट साँघुरो भएकाले विस्तार गर्न भन्दै उनीहरूले तालबाराही मन्दिर जाने मुख्य घाटको छेवैमा करिब ४० मिटर लम्बाइ र दुई मिटर चौडाइको पर्खाल बनाएका हुन्।

जलाशय क्षेत्र घटेको मौकामा फेवातालको संरचना नै बिगार्ने गरी ढुंगा बिच्छ्याएका उनीहरूले थप विस्तारका लाागि भन्दै धमाधम ढुंगा झारिरहेका छन्।

‘डुंगा व्यवसायीलाई लामो समयदेखि घाट साँघुरो भएको थियो। पर्यटकीय सिजनमा निकै भिडभाड हुने भएकाले पर्खाल लगाएर बिस्तार गर्न खोजेका हौं,’ फेवा डुंगा व्यवसायी समिति सचिव कृष्ण गिरीले भने। ताल नमिचीकन यात्रुको सुविधाका लागि घाट विस्तार गर्न लागेका दाबी उनले गरे ।

हालसम्म एकै ठाउँबाट यात्रु चढाउने र ओह्राल्ने गरिएकोमा घाटको विस्तारित क्षेत्र ओह्राल्न मात्र प्रयोग गरिने उनले बताए। ‘भिड बढेपछि एक ठाउँबाट चढ्ने र अर्को ठाउँबाट ओर्लन मिल्ने व्यवस्था गर्न लागेका हौँ,’ पोखरा उपमहानरपालिकाको ६ नम्बर वडा समितिसँगको समन्वयमा काम थालिएको जानकारी दिँदै उनले भने।

बाराही घाटबाट अहिले दिनहुँ ३ सय ५६ डुंगा सञ्चालन हुन्छन्। व्यवसायीले तालक्षेत्र छुट्याएर यसअघि बनाइएको पक्की तटबन्धभन्दा करिब २० मिटर भित्र नयाँ पर्खालको जग उठाएका छन्। नागरिक दैनिकबाट