२८ आश्विन २०८३, बुधबार

पाँच भाइको एक्ली श्रीमती… (फोटो फिचरसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajo-Barma4

एजेन्सी । छिमेकीमुलुक भारतको देहरादुनकी २१ वर्षीया राजो वर्मा ५ भाइकी एक्ली पत्नी हुन् । जो हरेक रात आफ्ना एक पतिका साथ सुत्ने गर्छिन् । राजोका एक छोरा पनि छन् र उनी आफ्ना पतिसँग खुसी छिन् ।

Rajo-Barma

त्यस्तै उनका पतिहरुले पनि आफूहरु एक पत्नीकै साथ सन्तुष्ट भएको बताएका छन् ।

महाभारतमा ५ पाण्डवकी एक्ली पत्नी थिइन्, द्रौपदी । ठीक त्यस्तै पौराणिक कथा जस्तो लाग्ने राजो वर्माको विवाह ५ भाइसँग गतवर्ष भएको थियो । राजोलाई यो कुरा थाहा छैन कि उनको बच्चा ५ भाइ मध्ये कसको हो ?

Rajo-Barma3

तथापी राजो आफ्ना पाँचै पतिसँग खुसी छिन् । देहरादुनको उक्त गाउँमा यस्तो परम्परागत रीति भएका कारण आफूहरुले समेत यसलाई मान्दै आएको राजोको पतिहरुको भनाई रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।

Rajo-Barma2