बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

दिल दुःखीको एकल कविता वाचन

दैनिक नेपाल २०७१ जेठ १८ गते १७:४५

???????????????????????????????अर्जुन काफ्ले
मलेसिया
साप्ताहिक साहित्य सण्डेको आयोजनामा मलेसियाको क्वालालम्पुरमा आाइतवार युवा कवि दिल दुःखी जन्तरेको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

अनाममण्डली मलेसिया र  विश्व साहित्य महासंघ मलेसियाको संयोजनमा भएको सो एकल कविता वाचन कार्यक्रममा श्रष्टा जन्तरेले १९ कविता सुनाएका थिए ।

सोहि  कार्यक्रममा मलेसिया मा रहेर पनि नेपाली साहित्यको श्रीवृृद्धी गर्न सहयोग गरेको भन्दै अनाम मण्डली र साहित्य महासंघले जन्तरेलाई सम्मान समेत गरेका थिए । सो कार्यक्रममा विभिन्न व्याक्तिहरुले शुभकामना दिएका थिए । ???????????????????????????????

एन आरएन मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेल, विश्व साहित्य महासंघका मलेसिया अध्यक्ष जीवन देवान गाँउले,अनाममण्डलीका अध्यक्ष राज अविरल,भिम स्नेही,मनि राई, अमृत लिम्वु , चतुर राई, निश्चल परदेशी,पत्रकार अर्जुन काफ्ले, अनलाइन अतिथी सेसेज वाट गणेश खडका र युएइ वाट समदर्शी काइलाले शुभकामना दिएका थिए ।

तेह्थुमका जन्तरेको वास्तविक नाम पेशल मावुहाङ्ग हो । केहि साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका जन्तरेका २ कृति विम्व संयुक्त गजल संग्रह र समुन्द्र दन्केपछि संयुक्त गजल संग्रह प्रकाशित भइसकेका छन् ।
???????????????????????????????

प्रतिक्रिया
सम्बन्धित