२८ आश्विन २०८३, बुधबार

कुवेत पठाउने भन्दै युवतीलाई बन्धक बनाइ यातना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-mahila-himsa-balika

काठमाडौं, १८ जेठ । ३० हजार रुपैयाँ तलव हुन्छ, केही चिन्ता गर्नु पर्देन। पासपोर्ट म आफैं बनाउँछु। दिल्लीबाट नउडाएसम्म म सँगै हुन्छु। माइजूका मामाले घरमा आएपछि आमा मलाई दिल्ली पठाउन राजी हुनुभयो। डेढ महिना भारतको दिल्लीमा बन्धक बनेर नेपालीको सहयोगमा स्वदेश फर्केकी बर्दियाकी युवतीले भनिन्।

बर्दियाका दुई युवतीलाई मोतीपुर ५ का तालबहादुर रानाले कुवेत पठाइदिन्छु भन्दै दिल्लीमा लगेर डेढ महिनासम्म बन्धक बनाएका थिए। बाबु नभएको र भाइबहिनीलाई पढाउनुपर्ने बाध्यताले विदेश जान खोज्दा पीडित भएको ती युवतीले बताइन्।

आफूहरुलाई रानाले भारतमा लगेर बेचेको आरोप ती युवतीहरुको छ। उनीहरु दुवै २० वर्षका छन्।

गत फागुन २८ गते रानाले उनीहरुलाई नेपालगंज हुँदै दिल्ली लगि एक भारतीयको जिम्मा लगाएका थिए। ती भारतीयले पनि आफूहरुलाई अर्को मानिसलाई जिम्मा लगाएको उनीहरुले बताए। ‘खोइ त हामीलाई कुवेत पठाएको? हामीलाई ल्याउने मान्छे खोइ भन्दा उसलाई तिमीहरुलाई पचास पचास हजारमा किनेको हुँ, मैले जे भन्छु त्यही गर्नुपर्छ भन्दै कुट्थ्यो, हामीलाई कोठामा थुनेर ताल्चा लगाउथ्यो,’ ती युवतीले भनिन।

राष्ट्र युवा स्वंयमसेवकका अध्यक्ष चित्रबहादुर विकको सहयोगमा उनीहरु मुक्त भएका हुन्। उनीहरुले अझै आफू रहेको नयाँदिल्लीको होटलमा २० जना नेपाली रहेको पनि दाबी गरेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।