काठमाडौं, १८ जेठ । एकीकृत नेकपा माओवादीले कार्यकारी पदको जिम्मेवारी नलिने घोषणा गरेका नेता बाबुराम भट्टराईलाई अध्ययन तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी दिएको छ।
विराटनगर सम्मेलनमा भट्टराईले अध्ययन र अनुसन्धान विभाग गठन गरिदिए त्यसको जिम्मेवारी लिने इच्छा प्रकट गरेका थिए। पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले महासचिव कृष्णबहादुर महरामार्फत पेस गरेको प्रस्तावअनुसार भट्टराईले ‘वरिष्ठ नेताु को पद पनि पाएका छन्।
जिम्मेवारी बाँडफाँटमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभाग र पोष्टबहादुर बोगटीलाई संगठन तथा अनुगमन विभाग इन्चार्ज प्रस्ताव गरिएको छ। महरा स्वयंलाई भने संगठन तथा अनुगमन विभाग सचिवको जिम्मेवारी प्रस्ताव गरिएको छ।
सचिवत्रयमध्ये टोपबहादुर रायमाझी संसदीय दलको उपनेता, गिरिराजमणि पोखरेल प्रमुख सचेतक र वर्षमान पुनलाई स्कुलिङ विभाग इन्चार्जको प्रस्ताव गरिएको छ। शनिबार प्रस्ताव गरिएअनुसार स्थायी समितिमा रहेका सबै र त्यसभन्दा मुनि रहेका लीलामणि पोखरेल, उर्मिला अर्याल, रामचन्द्र झालगायत २१ जनाले संगठन विभाग सदस्यको जिम्मेवारी पाएका छन्।
कोषाध्यक्ष हरिबोल गजुरेल आर्थिक विभाग प्रमुख, अग्नि सापकोटा सदन विभाग, शक्ति बस्नेत उत्पादन ब्युरो, दीनानाथ शर्मा प्रवक्ता, हितराज पाण्डे केन्द्रीय कार्यालयको मुख्यसचिवको जिम्मेवारीमा पुगेका छन्। नागरिक दैनिकबाट













प्रतिक्रिया