२८ आश्विन २०८३, बुधबार

यूएईमा रहेका सिन्धुपाल्चोकवासीहरुले समाज गठन गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhu samaj uae 3उत्तम अधिकारी/मनोज नेपाल

युएई, १६ असार । रोजगारीक क्रममा यूएईमा रहेका सिन्धुपाल्चोकवासीहरुले सिन्धुपाल्चोक सेवा समाज यूएईको गठन गरेका छन् । आफ्नो गाउँ–ठाउँ र जिल्लावासीको हीतमा काम गर्ने उद्देश्यले यस्तो सेवा समाज गठन गरेको उनीहरुले बताएका छन् ।

गत २७ जुन २०१४ शुक्रवारका दिन दुबईमा सम्पन्न एक भेलाले बिदुर न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको हो । ‘नवगठित समाजको मूल उद्देश्य रोजगारीका क्रममा यूएईमा रहेका नेपाली श्रमिकहरुलाई आइपर्ने समस्यामा सक्दो सहयोग पु¥याउँने र आफ्नो जिल्लामा आइपर्ने र विभिन्न प्राकृतिक प्रकोप, महामारी तथा गरीब र असहाय जिल्लावासीहरुको सहयोगमा केन्द्रित हुनेछ,’ समितिका नवनिर्वाचित अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘समाजले चाडै नै यूएईमा रहेका सबै सिन्धुपाल्चोकवासी समक्ष आफ्नो पहुँच विस्तार गर्ने छ ।’

अलग–अलग गाउँबाट आएका सबै जिल्लावासीलाई एकताको सुत्रमा बाध्ने उक्त महान अभियानमा कोहि पनि छुट्न नहुने समाजका प्रथम उपाध्यक्ष दिपक राउतले बताउनु भयो । पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरिएको उक्त कार्यक्रमको सुरुवात रास्ट्रिय गान बजाएर गरिएको थियो ।

तदर्थ समितीका संयोजक बिदुर न्यौपानेको सभापतित्व तथा समाजसेवी राजेश बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले न्यौपानेकै नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहने गरी कार्यसमिती चयन गरेको छ । जस अनुसार प्रथम उपाध्यक्षमा दिपक राउत, द्वितीय उपाध्यक्षमा बिमल गिरी, सचिवमा मनोज नेपाल, सह सचिव लक्ष्मण लामा, कोषाध्यक्ष सुश्री सुकु स्याङ्बो, सह कोषध्यक्ष सरोज न्यौपाने र सदस्यहरुमा युवराज भट्टराई, इश्वर गिरी, संजीमाया लामा, अशोक लामा, रेवन्त थापा, सरोज खड्का, चमेली लामा, रमेश राउत रहेका छन् ्र सोहि भेलाले उत्तम अधिकारी, अमित पौडेल, राजेश बोहोरा र राजेश श्रेष्ठलाई समाजको सल्लाहकारमा चयन गरेको छ ।

मनोज नेपालद्वारा सञ्चालित सो कार्यक्रममा उपस्थित सदस्यहरुले आ(आफ्ना धारणा राखेका थिए । जिल्लावासीहरु बीच सहज सम्पर्क, समन्वय, आपसी सहकार्य र सहयोग आदानप्रदानका लागि समाज कोसेढुङ्गा सावित हुनेमा सबैले विश्वास व्यक्त गरे । यस अघि न्यौपानेकै संयोजकत्वमा यूएईमा रहेका सिन्धुपाल्चोकवासीको पहिचान गरी संस्था निर्माण र संचालनमा सकृय हुनेहरुको खोजी सहित पूर्ण कमिटी गठनका लागि एक तदर्थ समिती निर्माण भएको थियो । पूर्ण कमिटी गठन भएसँगै उक्त तदर्थ समिती भङ्ग भएको छ ।