२९ आश्विन २०८३, बिहिबार

सञ्चार मन्त्रालयमा पत्रकारको धर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FNJ

काठमाडौँ, १६ असार । समानुपातिक विज्ञापनबापतको वृद्धि रकमको भुक्तानी नपाएको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौँ उपत्यकाका तीनवटा शाखाको नेतृत्वमा सोमबार सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा एक घण्टा धर्ना दिइएको छ ।

चालु आर्थिक वर्षमा आफूहरुको मागका आधारमा २५ प्रतिशत वृद्धि गरिएको सो रकम आर्थिक वर्षको अन्त्यसम्ममा पनि प्राप्त नभएको भन्दै धर्ना दिइएको महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष गोविन्द चौलागाईंले बताउनुभयो ।

धर्नामा महासङ्घका केन्द्रीय सदस्य ईश्वरी वाग्ले र रामहरि सिलवालको पनि उपस्थिति थियो । महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले मङ्गलबार अर्थ मन्त्रालयमा धर्ना दिइने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

धर्नाका क्रममा मन्त्रीहरुलाई कार्यालय प्रवेशमा अवरोध गर्ने कार्यक्रम पनि तय भएको उहाँले बताउनुभयो ।