२९ आश्विन २०८३, बिहिबार

राज्यको शासकीय स्वरुपमा सहमति जुटाउने प्रयास सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-BIG-Picture

काठमाडौँ, १६ असार । संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको संविधानसभाको संवैधानिक राजनीतिक संवाद सहमति समितिले राज्यको शासकीय स्वरुपका सन्दर्भमा देखिएको विमतिमा सहमति खोज्ने प्रयास थालेको छ । समितिको सोमवार बसेको बैठकमा राज्यको शासकीय स्वरुपका विषयमा छलफल भएको हो ।

तर, बैठकमा प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले आफ्ना पुराना अडान भने यथावत नै राखेकाले समस्या भएको छ । कांग्रेसले राज्यको शासकीय स्वरुपका सन्दर्भमा संसदीय पद्धतीकै पक्षमा वकालत गरेको छ भने एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र एमाओवादीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पुरानै अडानमा छन् ।