२९ आश्विन २०८३, बिहिबार

कार्यगत एकता गरेका पाँच कम्युनिष्टले संयुक्त कार्यक्रम गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, १६ असार । राजधानीमा शनिबार पत्रकार गरी केही दिन अघि मात्र कार्यगत एकता गरेका एमाओवादी लगायतका पाँच कम्युनिष्ट पार्टीले संयुक्त अन्तर्क्रिया आयोजना गर्ने तयारी गरेका छन् ।

अग्रगामी संविधानु निर्माणमा दबाब दिनेलगायत उद्देश्य राखी कार्यगत एकता घोषणा गरेका ती दलको सोमबार बसेको बैठकले आगामी असार २५ गते काठमाडौंमा संयक्त अन्र्तरक्रिया गर्ने घोषणा गरको हो । ‘जनताको संघीय संविधान निर्माणका सम्भावना र चुनौती’ विषयक विचार गोष्ठी आयोजना गर्ने तयारी भएको नेताहरुले जानकारी दिएका छन् ।

बैठकले पाँच पार्टीको आयोजनामा देशब्यापी अन्तरक्रिया तथा विचार गोष्ठीहरु सञ्चालन गर्न पनि आ–आफ्ना पार्टीहरुलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले संविधानका अन्तरवस्तुको बारेमा गृहकार्य गर्न समिति अन्तरगतको कार्यदललाई जिम्मा दिने निर्णय गरेको छ ।

कार्यगत एकता समितिमा एमाओवादी अध्यक्ष दाहाल, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य, एकीकृत महासचिव परि थापा, माओवादी अध्यक्ष मातृका यादव र क्रान्तिकारी कम्युनिस्ट पार्टी अध्यक्ष मणि थापा छन् ।