तुलसीपुर (दाङ), १६ असार । जिल्लाको पुरन्धरा गाविस प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले दाङको सिमानामा पर्ने सल्यानको काल्चे–७ आमखोलीे जङ्गलबाट बेवारिसे अवस्थामा शक्तिशाली हतियार र त्यसमा प्रयोग हुने गोली फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख शरदकुमार खत्रीले दिनुभएको जानकारीअनुसार आइतबार बेलुखीपख एक थान एसएलआर नाल हतियार, सोमा लाग्ने २० राउन्ड गोली र एक थान म्याग्जिन फेला पारेको हो ।
उक्त हतियार कस्को हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया