२९ आश्विन २०८३, बिहिबार

‘संसदले नचिनेका’ राष्ट्रपति संसदमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran-Yadab-BIGकाठमाडौं, १६ असार । दोस्रो संविधानसभा निर्वाचनपछि संसदले ‘नचिनेका’ राष्ट्रपति डा रामवरण यादवले आइतवार संसदमा सम्बोधन गरेका छन् । राष्ट्रपति यादवले सरकारको नीति तथा कार्यक्रम संसदमा पढेर सुनाएका छन् ।

निर्वाचनपछि नयाँ संसदले राष्ट्रपति र उपराष्ट्रपति चिन्दैन भनेर वकालत गर्ने एमाले अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी शर्मा ओली आइतवार उनै राष्ट्रपति यादवका स्रोता बने ।

दोस्रो संविधानसभा निर्वाचन परिणामले दोस्रो ठूलो दल बनाएपछि एमालेले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको एजेन्डालाई सशक्त बनाएको थियो । एमाले अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता ओलीले संसदमा राष्ट्रपति निर्वाचनको एजेन्डा उठाएका थिए ।

कांग्रेसले भने राष्ट्रपति निर्वाचन गर्न नपर्ने अडान लिएको थियो । दुई दलको अडान र विवाद सत्तासमिकरणका लागि ७ बुँदे सहमतिमा टुंगिएको थियो । सहमतिको ४ नम्बर बुँदामा अर्को निर्वाचनसम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन संविधानसभाबाट अनुमोदन गर्ने सहमतिमा भएको थियो ।

तर सहमतिको पाँच महिनासम्म पनि दुई दलको सहमति अनुसार नाम अनुमोदन भएन, बरु राष्ट्रपति डा यादवले आफूलाई ‘नचिन्ने’ संसदमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाए । स्रोता बने संसदले राष्ट्रपति चिन्दैन भन्ने एमाले अध्यक्ष खनाल र संसदीय दलका नेता ओली । नयाँ पत्रिका दैनिकबाट