२९ आश्विन २०८३, बिहिबार

अन्नभण्डारमै रोपाइँ ढिलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ropai Ma Dhan Ko Biuविराटनगर, १६ असार । पर्याप्त वर्षा नहुँदा देशको अन्नभण्डार मानिने पूर्वी तराईका जिल्लामा यसपालि धान रोपाइँ ढिला भएको छ। जेनतेन पानी जोहो गरेर रोपिएका बेर्नासमेत सुक्न थालेका छन्।

क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार असार १५ सम्म पूर्वमा ११ प्रतिशतमात्रै रोपाइँ भएको छ। पूर्वाञ्चलमा धान रोपाइू हुने ५ लाख १३ हजार ४ सय ५६ हेक्टर जमिनमध्ये ५४ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइू सकिएको छ। अन्नबालीमा सबभन्दा ठूलो हिस्सा ओगट्ने धान देशकै प्रमुख जीवनआधार हो। ढिला रोपाइँले उब्जनी घट्न गई बजार मूल्य र कृषकहरूको आयआर्जन प्रभावित हुने अवस्था छ।

असार १५ सम्म पूर्वको मध्य तथा उच्च पहाडी क्षेत्रमा ५० प्रतिशतभन्दा बढी रोपाइू हुनुपर्नेमा ७५ प्रतिशत खेत बाँझै रहेको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत रामशोभरत यादवले जानकारी दिए।

कार्यालयको तथ्यांकअनुसार पूर्वाञ्चलको तराई क्षेत्रमा ६।५ प्रतिशत, मध्यपहाडमा २०।४ र उच्च पहाडमा २४ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइू भएको छ। तराईमा साउन १५ भित्र र मध्यपहाडी तथा उच्च पहाडी जिल्लामा असार अन्तसम्म रोपाइ गरिसक्नुपर्ने भए पनि मनसुन सुरु नभएका कारण रोपाइ प्रभावित भएको यादवले बताए। ‘तत्काल मनसुन सुरु नभए उत्पादनमा असर पर्नेछ,’ उनले भने।

इटहरी– आधा असार बितिसक्दा पनि सुनसरीमा ११ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ। समयमा पानी नपरेको र सुनसरी–मोरङ सिँचाइ आयोजनाले थालेको चतरा नहर सफाइ नसकिएकाले रोपाइँ ढिला भएको हो।

‘समयमा पानी नपर्दा र चतरा नहरमा कहिले पानी छाड्ने भन्ने टुंगो नलाग्दा यसपटक रोपाइँ ढिलो भएको छ,’ जिल्ला कृषि कार्यालय सुनसरीका बाली अधिकृत सुदीप रेग्मीले भने। उनका अनुसार अहिलेसम्म पम्पसेट तथा सिँचाइ सुविधा भएका केही निश्चित स्थानमा मात्र रोपाइँ भएको छ।

चतरा नहर सञ्चालनमा नआउँदा सुनसरीको माथिल्लो भागबाहेकका किसान मारमा परेका छन्। चतरा नहरमार्फत सुनसरी–मोरङको एक लाख दुई हजार बिघा खेती सिञ्चित हुने गरेको छ।

अन्नबाली उत्पादनको उर्बरभूमि मानिएको सुनसरीमा ५३ हजार ५ सय हेक्टरमा धान खेती लगाउने गरिएकोमा अघिल्लो वर्ष असार १५ सम्म २५ प्रतिशत रोपाइँ सकिएको थियो। नागरिक दैनिकबाट