२९ आश्विन २०८३, बिहिबार

संसदमा देखिएका केही रोचक झलक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BiCC_CA_Savasad3 काठमाडौँ, १५ असार । राष्ट्रपति डा रामवरण यादवले सरकारको आगामी आव २०७१/०७२ को नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा प्रस्तुत गर्दा नयाँ बानेश्वरस्थित संविधानसभा भवन ध्वजापताका, राष्ट्रिय झन्डा र स्वागत सामग्रीले झकिझकाउ पारिएको थियो ।

cfkmgf] k/Dk/fut e]ife";fdf Ps ;ef;b . tl:j/ M /Tg >]i7÷/f;;

बैठक सञ्चालनका लागि सभामुख बस्ने आसनसँगै फूलैफूलले सजाइएको मञ्चबाट करिब ५० मिनेट लगाएर राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । यसअघिका संविधानसभाका अघिल्ला बैठकमा देखिने सभासद्को न्यून उपस्थिति भने सो बैठकमा थिएन । राजनीतिक दलका शीर्ष नेतासहित प्रायः सबै सभासद्को बैठकमा उपस्थिति थियो । पत्रकार दीर्घाको अग्रभागमा उपराष्ट्रपति परमानन्द झा बस्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री, पूर्वसभामुखसहित सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेसा एवम् व्यवसायमा रहेका समाजका प्रबुद्ध व्यक्ति राष्ट्रपतिको सम्बोधन हेर्न र सुन्न संसद् भवन पुग्नुभएको थियो ।

राष्ट्रपतिको सम्बोधनका क्रममा ‘प्रहरीले मुस्कानसहितको नागरिक सेवा प्रदान गर्नेछ’ भन्ने नीति तथा कार्यक्रमको अंश वाचन गर्दा हलमा सभासद्को हल्का हाँसो र खासखुस गरेको स्पष्ट सुनिन्थ्यो । त्यसले बैठकमा बेग्लै खालको वातावरण सिर्जना गरेको थियो । त्यस्तै राजमार्गमा वरिपरि मदिर र मदिराजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाइने छ भन्ने वाक्यांश पढ्दा पनि हलमा खासखुस चलेको थियो ।

सभासद्लगायत आगन्तुक धेरैजसो राष्ट्रिय पोसाकको पहिरनमा उपस्थित हुनुभएको थियो । कतिपय सभासद् आफ्नो परम्परागत वेशभूषामा लगाएर बैठकमा आउनुभएको थियो । बैठक सुरु हुनुअघि मञ्च वरपर सभासद् आआफनो मोबाइलबाट एकार्काको फोटो खिंच्ने खिंचाउने काममा व्यस्त भएको देखिन्थ्यो ।

संविधानसभा भवनको मुख्य प्रवेशद्वारअघिको बिरलै चल्ने पानीको फोहरालाई आज प्रयोगमा ल्याइएको थियो । भवनको प्रवेशद्वारमा पानीका जोर घडासँगै पुष्पगुच्छा, केरा, आँप, माछा, दहीलगायत सगुन पनि आकर्षक ढङ्गले राखिएको थियो । रासस

BiCC_CA_Savasad1