२८ आश्विन २०८३, बुधबार

दार्चुलाका बाढी पीडितलाई अमेरिकाबाट नेपालीको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 Ana-Darchula
विजय थापा
भर्जिनिया ।  दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) ले गतबर्ष सुदुर पश्चिम नेपालको दार्चुलामा आएको अविरल भिषण बर्षाको कारण भएको मानबिय क्षतिलाई आर्थिक सहयोग गर्ने उदेश्यले गरिएको संकलित रकम पाँच लाख रुपैया ३१ औ न्युयोर्क एएनए सम्मेलनका प्रमुख संयोजक समिर महर्जन आफै अमेरिकाबाट दार्चुला पुगी एक कार्यक्रम बीच रकम हस्तान्तरण गरेका छन ।
कार्यक्रममा दार्चुलाका प्रहरी प्रमुख राम पोख्रेल, प्रमुख जिल्ला अधिकारी बिर्ख बहादुर रावल तथा बिभिन्न आमन्त्रित समुदाय बीच रकम हस्तान्तरण गरेको महर्जनले बताए ।  कार्यक्रममा एएनएले अमेरिकाबाट पनि नेपालको बिकट दार्चुलासम्म आई आफुले परदेशमा दुख गरेर कमाएर र मानव सेवा गर्न मात्री भुमिलाई सम्झी आर्थिक सहयोग गरेकोमा धन्यबाद दिइएको छ ।
Ana-Darchula2
महर्जनले एएनए बारेमा जानकारी गराएका थिए भने  एएनए परिवारको तर्फबाट आफु प्रतिनिधित्व गरेको बताउदै सानो सहयोगले ठुलो काम हुन् सक्ने विचार व्यक्त गरेका थिए ।  एएनएले बाढी पिडित राहत कोष निर्माण गरेको थियो । सो राहत कोषको लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण चन्दा दातालाई एएनएका अध्यक्ष छेवांग शेर्पा लामाले एएनए कार्यकारी समिति तथा एएनए परिवारको तर्फबाट कृतज्ञता ज्ञापन गरेका छन् ।
Ana-Darchula3
नेपालमा सम्बन्धित उचित स्थान र सम्बन्धित व्यक्तिले उक्त रकम पाउन भन्ने हेतुले उक्त रकम अमेरिकामा राखिएको कारण ढिलो भएको बताउदै उनले ३१ औ एएनए न्युयोर्क सम्मेलन प्रमुख समिर महर्जन नेपाल जाने भएकोले उक्त रकम वहालाई हस्तान्तरण गरिएको र दार्चुलामा बुझाएर आएकोमा हर्ष ब्यक्त गरेका छन् ।