तपाईंले कपाल पूरै खौरनुभएको छ या तपाईं तालुखुइले हुनुहुन्छ ? मुडुलो पो हुनुहुन्छ कि, तपाईंका लागि खुसीको खबर छ । जापानको एउटा रेष्टुरेन्टले तालु खुइलेहरुलाई बिलमा विशेष छुटको व्यवस्था गरेको छ । जापानको अकासकास्थित एक रेस्टुरेन्टले तालु खुइलेहरुलाई स्वागत गर्दै यो व्यवस्था गरेको हो ।
रेस्टुरेन्टका अधिकारी याशिको टोयोडाका अनुसार, तालुखुइले भएकाहरु हिनताबोध महुसस गरी सबै ठाउँमा जान नसक्ने अवस्था समेत रहेकाले यस्तो व्यवस्था गरिएको हो । जसबाट उनीहरुले हिनताबोध महसुस गर्न नसकुन् ।
अन्य देशमा जस्तै जापानमा पनि तालुखुइलेहरुको समस्या निकै ठूलो छ । नक्कली कपाल बनाउने कम्पनी एडरान्सका अनुसार, जापानमा तालुखुइलेको संख्या अन्य देशको तुलनामा २६ प्रतिशत बढी छ ।












प्रतिक्रिया