२८ आश्विन २०८३, बुधबार

पाँच वर्षीय बालकको तौल ५३ किलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Babyविराटनगर, १७ जेठ । अस्वाभाविक रूपमा मोटोपना बढ्दै जाँदा इलामको पञ्चकन्या ७ आठघरेका पाँच वर्षीय बालक साहिल गड्तौलाको तौल ५३ किलोग्राम पुगेको छ। तौल ५३ किलो पुगेपछि उनको उपचारमा संलग्न चिकित्सक नै आश्चर्यमा परेका छन्।

सामान्यतया पाँच वर्षको बच्चाको तौल १६ देखि २० किलोग्रामसम्म हुनुपर्नेमा अस्वाभाविक रूपमा तौल वृद्धि भएर ५३ किलो पुगेपछि परिवार चिन्तित बनेका छन्। बुबा रमेश गड्तौलाका अनुसार बर्सेनि दोब्बर रूपमा तौल वृद्धि भइरहेको छ। निमोनियाले ग्रस्त उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएपछि बालकको तौल थाहा भएको हो। उपचारमा संलग्न चिकित्सकले निमोनियाकै कारण डराउनुपर्ने अवस्था नभए पनि तौल वृद्धिको समस्या भने जटिल रहेको बताएका छन्।

साहिलको जन्म २०६६ साल साउन १७ गते मेची अञ्चल अस्पताल भद्रपुरमा भएको हो। सामान्य अवस्थामा बच्चा जन्मन नसकेपछि चिकित्सकले शल्यक्रिया गरेर बच्चा निकालेका थिए। ‘जन्मँदा चार किलोग्राम थियो। एक्कासि अस्वाभाविक रूपमा तौल वृद्धि भयो’, साहिलका बुबा रमेशले भने, ‘धेरै ठाउँमा लगेर स्वास्थ्य परीक्षण र उपचार गरियो तर अहिलेसम्म रोग पत्ता लाग्न सकेको छैन।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा थाइराइडमा केही समस्या रहेको भन्दै चिकित्सकले औषधि दिएको र बालकले एक वर्षदेखि त्यही औषधि सेवन गरिरहेको रमेशले बताए। ‘औषधि सेवन गर्न थालेपछि तौलमा अस्वाभाविक रूपमा भइरहेको वृद्धि केही नियन्त्रण भएको हो किजस्तो लागेको छु, उनले भने।

‘आराम हुँदा राम्ररी बोल्छ, हिँड्छ र खान्छु, उनले भने, ‘धेरै चलाख र बाठो छ। धेरै कुरा जान्ने छ तर तौल वृद्धि हुनुको कारण थाहा हुन नसक्दा थप समस्या निम्तिएको छ।’

कक्षा १ मा पढ्ने बालकको सोच्ने शक्ति पनि राम्रो रहेको परिवारले जनाएको छ। रमेशका अनुसार उनलाई उकालोओरालोमा थोरै सहयोग गर्नुपर्छ। शरीरको मोटोपनाको तुलनामा हात र खुट्टा भने साना छन्। ‘स्वस्थ रूपमा जन्मिएको बच्चा ६ देखि ७ महिनाको हुँदा तौल १८ किलो पुगिसकेको थियो’, उनले भने, ‘११ देखि १२ महिनाको हुँदा ३४ किलो तौल पुगेको थियो। त्यसपछि अनियन्त्रित रूपमा तौल बढेको बढ्यै भयो।’ अन्नपूर्ण पोष्ट दैनिकबाट