२८ आश्विन २०८३, बुधबार

विभूषण वितरणमा राजतन्त्रकालीन प्रवृत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

medalकाठमाडौं, १७ जेठ । मुलुकमा राजतन्त्र रहुन्जेल हरेक वर्ष राजाले विभूषणका नाममा युवराज, महारानी, भाइभतिजा र दरबारका आसेपासेलाई मानपदवी, अलंकार र पदवी बाँड्थे । गणतान्त्रिक शासन व्यवस्था सुरु भएपछि पनि विभूषण वितरणको राजतन्त्रकालीन प्रवृत्ति भने यथावत् छ ।

यस वर्ष गणतन्त्र दिवसका दिन ३ सय ३ जनालाई विभूषण प्रदान गर्ने घोषणा गरिएको छ । विभूषण पाउनेमा अधिकांश राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र विभूषण सिफारिस समितिमा रहेका मन्त्री, मुख्यसचिव र सचिव निकटका व्यक्ति छन् ।

विभूषण ऐन तथा नियमावलीमा सामाजिक जीवनका विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने व्यवस्था छ । विभूषण पाउनेको लामो फेहरिस्त हेर्दा धेरैजसोले मुलुकलाई त्यस्तो उल्लेखनीय योगदान पुर्‍याएको देखिँदैन ।

गृहसचिव सूर्य सिलवालले विभूषण सिफारिस समितिमा बसेर ुआफ्नै हात जगन्नाथु गरेका छन् । समितिका सदस्यसचिवसमेत रहेका उनले आफैं निर्णय गराएर सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी) लिएका हुन् । सिफारिस समितिमा बस्नेले मानपदवी नलिने परम्परासमेत उनले तोडेका छन् ।

विभूषण समितिका अध्यक्ष उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आफ्ना मन्त्रालयका र आफ्नै पार्टी एमाले समर्थक सहसचिव र कर्मचारीहरूलाई विभूषण दिलाएका छन् । गौतमले सहसचिवस्तरका तीन प्रमुख जिल्ला अधिकारीलाई भन्दै मकवानपुर, कास्की र धनकुटाबाट मन्त्रालयमा सरुवा भएर आइसकेका एकनारायण अर्याल, यादव कोइराला र रामेश्वर दंगाललाई मानपदवी दिलाएका हुन् ।

संविधानसभा चुनावका क्रममा राम्रो काम गरेको भनेर निर्वाचन आयोगले विभूषण प्रदान गर्न सिफारिस गरेका प्रजिअहरूलाई भने समितिले मानपदवी नदिएको आयोग स्रोतले जनायो ।

यसपटक विभिन्न मन्त्रालय र निकायका १२ सचिव सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी) मानपदवी पाउनेको सूचीमा छन् । दुई सचिव दुर्गानिधि शर्मा र हरिप्रसाद नेपालले मानपदवी कसरी पाए भनेर प्रशासनिक वृत्तमा अचम्म मानिएको छ ।

विभूषण पाउने बाँकी १० सचिवमा धेरैजसो आफूलाई कांग्रेस र एमाले भनेर चिनाउन खोज्ने र नेताको चाकरीमा धाउनेहरू छन् । कांग्रेस र एमाले निकटस्थ भए पनि स्वाभिमानमा बस्ने सचिव भने विभूषणको सूचीमा परेनन् । कान्तिपुर दैनिकबाट