काठमाडौं, १७ जेठ । स्पष्ट बहुमतसहित सत्ताको भर्याङ उक्लेको भारतीय जनता पार्टी (भाजपा) का नेतारकार्यकर्ता नयाँ नियुक्ति र रणनीति तयार गर्न व्यस्त बन्नु स्वाभाविकै हो । तर, त्यस्तो व्यस्तता भारतमा मात्र सीमित छैन, दसगजा नाघेर नेपालमा पनि सुरु भएको छ ।
नेपालमा भाजपाका शुभेच्छुकहरूको संस्था ओभरसिज फ्रेन्ड्स अफ बीजेपीको च्याप्टर नै छ । त्यसकी प्रमुख ९कन्भेनर० हुन्, नलिनी ज्ञवाली । २०६९ भदौ ६ देखि उनी नेपालमा भाजपाको आधिकारिक व्यक्तिका रूपमा कार्यरत छिन् । नेपालका शीर्ष नेतालाई भाजपा नेताहरूसँग संवाद र भेटघाट गराउन उनको व्यस्तता बढेको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सक स्व. कमल ज्ञवालीकी पत्नी नलिनी भारतको विहार, रामनगरमा बस्ने नेपाली मूलका पौडेल परिवारकी छोरी हुन् । कांग्रेसकी नेतृ स्व। नोना कोइराला, राप्रपा नेता स्व। रवीन्द्रनाथ शर्माकी पत्नी सरोज, बीपी कोइरालाका पुत्र प्रकाश-पत्नी सुष्माकी बहिनी हुन् । उनका माहिला दाजु राजीव कुमारले भारतीय प्रधानमन्त्री कार्यालयको सचिव पदबाट हालै अवकाश पाएका छन् ।
भाजपासँग नलिनीको सम्बन्ध भारतीय माध्यमबाट नभई तत्कालीन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाका कारण सम्भव भएको हो । कोइराला आफ्नो निजीरसरकारी निवासमा सीमित थिएनन् । उनी कतिपय बैठकथलो अन्यत्र पनि बनाउँथे । तीमध्ये नक्सालस्थित नलिनीको घर पनि एक थियो, जहाँ अन्य दलका शीर्ष नेतासहित भारतबाट आउने प्रभावशाली पाहुनासँग पनि कोइराला भेटघाटको चाँजो मिलाउँथे ।
नलिनीका अनुसार, त्यसै क्रममा गिरिजाप्रसादलाई भेट्न आफ्ना घरमा आएका भाजपा नेता अजित कुमारसँग उनको चिनजान भयो । अजित तिनै नेता हुन्, जो अहिले भाजपा मुख्यालयमा नेपाल सेल प्रमुख छन् । उनीमार्फत् नै पार्टी अध्यक्ष राजनाथ सिंह, विदेश विभाग प्रमुख विजय जोली, भगतसिंह कोसियारी, सुमित्रा महाजनलगायतका नेतासँग नलिनीको परिचय स्थापित भएको हो । भेटघाट बाक्लिँदै जाँदा उनलाई नेपाल प्रमुख बनाइयो ।
‘नेताहरूसँग भेटघाटका क्रममा मलाई भाजपाको नीति मन पर्यो र काम गर्न राजी भएँ’, नलिनी भन्छिन्, ‘बहुमतसहित सत्तामा पुग्नु अघिदेखि नै भाजपाले छिमेकीहरूसँग सम्बन्ध राम्रो बनाउन थालेको प्रयासले मलाई अझै उत्साहित बनाएको छ ।’ भाजपाका नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बनेपछि अहिले उनको उत्साह अरू बढेको छ । ‘कंग्रेस आईको सरकार कर्मचारीतन्त्रमा निर्भर देखिन्थ्यो, भाजपा नेताहरूले राजनीतिक र व्यक्तिगत सम्बन्धमा जोड दिइरहेका छन्,’ उनले थपिन् । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया