एजेन्सी । खुल्ला रुपमा किन्न हिच्किचाउने ग्राहकलाई मध्यनजर गर्दै एक कम्पनीले नयाँ खालको कण्डम बजारमा ल्याएको छ । कण्डमको नाम राखिएको छ– टी ट्वान्टी ।
सातौं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) चलिरहेका बेला बजारमा ल्याइएको यो कण्डम निकै चर्चित भएको बताइएको छ । यतिखेर आइपिएलसंगै टी ट्वान्टी कण्डमले पनि एकसाथ मार्केटिङ गरिरहेको छ ।
टेलिभिजन विज्ञापनका विज्ञ मानिएका प्रल्हाद कक्कडका अनुसार आइपिएल चलिरहेका बेला बजारमा ल्याइएको कण्डमको यो राम्रो मार्केटिङ नीति हो । ‘धेरै मानिसहरु अझैं पनि कण्डम किन्न हिच्किचाउछन्, सानो आवाजमा बोलेर किन्छन्,तर, अब मानिसलाई ट्ी ट्वान्टी किन्न गा¥हो हुनेछैन’ उनी भन्छन् ।
मानिसहरु ब्राण्डका हिसाबले कण्डम किन्ने भएपनि आइपिएल चलिरहेका बेला आएकाले यो नामको कण्डमले स्थान बनाइरहेको बिक्रेताहरुले बताएका छन् ।












प्रतिक्रिया