२८ आश्विन २०८३, बुधबार

माधव नेपाल टिमको घोषणा शनिबार, को-को लड्दैछन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-KP oli

आगामी महाधिवेशनका लागि समूह नै बनाएर एमालेका नेताहरु विभाजित बनेका छन् । यसैक्रममा अध्यक्षका आंकाक्षी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शनिबार उम्मेदवारी घोषणा गर्दैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार विशेष कार्यक्रम गरी नेपाल समूहले उम्मेदवारी घोषणा गर्न लागेको हो । अध्यक्षमा वरिष्ठ नेता नेपाल, उपाध्यक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली तथा महासचिवमा सुरेन्द्र पाण्डेको नाम सार्वजनिक हुन लागेको हो । सचिवका आंकाक्षी भने धेरै भएकाले गोकर्ण विष्ट, प्रकाश ज्वाला लगायतको मात्र नाम सार्वजनिक हुने सम्भावना छ ।