२८ आश्विन २०८३, बुधबार

उपचारका लागि सरकारी सुविधा लिने दीर्घरोगी बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पानीट्याङ्की (मोरङ)morang, १६ जेठ । मोरङमा नसर्ने रोगीले उपचारका लागि सरकारी सुविधा लिने क्रम बढ्दै गएको पाइएको छ ।

नसर्ने रोग (दीर्घरोग) मुटु, मिर्गौला, श्वासप्रश्वास, मधुमेह, क्यान्सरलगायत रोगबाट पीडित विपन्न आर्थिक अवस्था भएका बिरामीको उपचारका लागि सरकारले सहयोग उपलब्ध गराएपछि यो सुविधा लिनेहरु बढ्दै गएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार गत वर्ष मोरङबाट २२७ दीर्घरोगीले उपचारका लागि सरकारी सुविधा लिएका छन् ।

आव २०६७ । ६८ मा १०, २०६८। ६९ मा ५० र २०६९ । ७० मा २०४ जनाले उपचारका लागि सो सुविधा लिएका थिए । सरकारले आर्थिक अवस्था कमजोर भएकालाई दीर्घरोगको उपचारमा सहयोग गर्न आव २०६७ चैतदेखि एक जनालाई बढीमा रु ५० हजार  उपचारका लागि सहयोग गर्न सुरु गरेको हो ।

विसं २०६८ कात्तिकदेखि उक्त रकम बढाएर रु एक लाखसम्म पुर्‍याइएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत नवराज सुब्बाले जानकारी गराउनुभयो ।