काठमाडौ १६ जेठ । एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले काठमाडौको प्रहरी प्रमुख रमेश खरेललाई कारवाही गर्न ठीक नभएको बताए छन ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्ना वरिष्ठ अधिकारीमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै गृहले प्रहरी प्रधान कार्यालय तानेका काठमाण्डौ प्रहरी प्रुमख खरेलको बचाउ गरेका हुन । उनले खरेललाई ‘ईमान्दार अफिसर’ को संज्ञा दिएका छन् ।
प्रहरीको एआईजी बढुवामा आथिर्क चलखेल भएको भरपर्दो सूत्रबाट थाहा भएको छ’, ट्वीटमा भट्टराईले भनेका छन्, ‘यसबारे भेद खोल्ने इमान्दार अफिसरलाई उल्टै कारबाही गर्नु ठीक भएन ।’
उनले एआईजिपी बढुवामा आथिर्क चलखेल भएको बताएका हुन् । गृह मन्त्रालयले बढुवा समितिको सिफारिसमा केही दिनअघि सात डिआईजिपीलाई एआईजीपीमा बढुवा गरेको थियो ।
शनिबार भएको एक कार्यक्रममा खरेलले परराष्ट्रमन्त्री महेन्द्ररबहादुर पाण्डेकै अगाडि प्रहरीका डिआईजिपीहरु बढुवाबा लागि ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउन लागेको अभिव्यक्ति दिएपछि गृहले उनलाई काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको थियो ।














प्रतिक्रिया