जुम्ला, १६ जेठ । जुम्ला गज्र्याङकोट ४ विर्षबहादुर भण्डारी १५ हजार रुपैयाँ ऋण लिएर यार्चागुम्बा टिप्न पाटनतर्फ लागेका छन् ।
उनीसँगै हिँडेका गज्र्याङकोट ८ का जनकबहादुर सिंह पनि गाउँकै सहकारीबाट १६ हजार ऋण लिएर उकालो लागेका छन् । यो उनीहरुको बाध्यता पनि हो ।
त्यही रकमबाट उनीहरुले बाटो खर्च जुटाउँछन् भने सामुदायिक वन उपभोक्ता समितिलाई अनुमति शुल्क पनि बुझाउँने गरेका छन् ।
चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाको डिल्लीचौर र सिँजा शाखाबाटमात्रै करिब ३ सय ५० जनाले यार्चा संकलनका लागि करिब १५ हजारदेखि ६० हजार रुपैयाँसम्म ऋण लिएको सहकारीका व्यवस्थापक खगेन्द्र न्यौपानेले बताए ।
‘यार्चा संकलन गर्न जाँदा एकजनाको १० हजारभन्दा बढी खर्च लाग्छ,’ भण्डारी भन्छन्, ‘सबैसँग खर्च हुँदैन, त्यसैले पनि बाटो खर्चका लागि ऋण लिनुपर्ने बाध्यता छ । कारोवार दैनिकबाट













प्रतिक्रिया