काठमाडौं, १६ जेठ । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा.रामवरण यादवले तीन सयजनालाई मानपदवी, अलंकार तथा पदबाट विभूषित गर्ने घोषणा गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले विभूषणको घोषणा गरेका हुन् ।
मानपदवी दुई सय २७ , अलंकार २६ र पदक ५० जनाले पाएका छन् । गृहमन्त्रीको अध्यक्षताको विभूषण सिफारिस समितिले छनोट गरेका नाममा राष्ट्रपति र प्रधानमन्त्री सुशील कोइरालाले आफूनिकटलाई थप्न लगाएर निर्णय गरिएको स्रोतको दाबी छ ।
राष्ट्रको विकास र संरक्षण तथा नागरिक सेवामा समर्पण गरेकालाई विभूषित गर्ने परम्परा छ । तर, शक्ति र सत्तानिकट भएकालाई छानी छानी विभूषित गर्ने निर्णय भएको आरोप लागेको छ । सिफारिसमा परेका केहीको पछि नाम काटिएपछि उनीहरुले असन्तुष्टि जनाएको गृहमन्त्रालयका एक अधिकारीले बताए ।
‘राजनीतिक तथा प्रशासनिक पहुँच तथा सोर्सफोर्स भएकाले विनासिफारिस पनि विभिन्न विभूषण पाएका छन्,’ ती अधिकारीले भने, ‘तर, पहुँच नभएकाहरुको सिफारिसमा परेर पनि पछि नाम कटिएको छ ।’ नयाँ पत्रिका दैनिकबाट













प्रतिक्रिया