काठमाडौं । एक सयम थियो, वैदेशिक रोजगार विभाग, यातायात व्यवस्था कार्यालय, मालपोत, नापी, अध्यागमनजस्ता कमाइ हुने निकायमा सरुवा गराइमाग्न सामान्य प्रशासन मन्त्रालयमा सयौंको संख्यामा निवेदन पथ्र्यो । मन्त्रालयका अनुसार गत वर्ष सरुवा माग्दै परेका १५ सयमध्ये आधाभन्दा बढी निवेदन त आकर्षक निकायम माग गरिएका थिए ।
तर, अहिले अवस्था फेरिएको छ । अख्तियारले त्यस्तका निकायमा नियमित निगरानी गर्दै छापा मार्न थालेपछि त्यस्ता निवेदन आउने क्रम शून्य जस्तै भएको छ ।
अख्तियारले घुस खाने र अनियमितता गर्ने कर्मचारीलाई धमाधम पक्राउ गर्न थालेपछि कर्मचारी ती निकायमा जान डराउन थालेको नयाँ पत्रिकामा खबर छ । त्यति मात्र होइन्, ती निकायमा कार्यरत कर्मचारीले समेत अन्यत्रै सरुवा गरी पाउँ भन्दै निवेदन दिन थालेका छन् । यस्ता निवेदन ह्वात्तै बढेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अख्तियारले आकर्षक मानिएका वैदेशिक रोजगार विभाग, अध्यागमन कार्यालय, मालपोत, नापी र यातायात कार्यालयका सहयोगीदेखि उपसचिवस्तरीका झन्डै सयजना कर्मचारी पक्राउ गरिसकेको छ । पक्राउ परेका सबै अख्तियारले भ्रष्टाचारमा मुद्दा दायर गरिसकेको छ ।
यसरी पक्राउ परिने र मुद्दा खेपेर जागिर नै जान सक्ने भयले पनि ती निकायमा अहिले कुनै पनि कर्मचारी जान मान्दैनन् । बरु त्यहाँबाट कसरी हुन्छ बाहिरिने ध्याउन्नमा रहेका छन् । मुद्दा खेपेका झन्डै सय कर्मचारी हाल सबै निलम्बित अवस्थामा छन् । नयाँ पत्रिका दैनिकबाट













प्रतिक्रिया