गोरखा, । काठमाडौंमा उपभोग्य वस्तुको मुल्य अकासिरहेका बेला देशका दुर्गम तथा हिमाली भेगको अवस्था कस्तो होला ? सडक सुविधाबाट वञ्चित गोरखाको उत्तरी भेग सामागाउँका बासिन्दा अनुमानसम्म पनि लगाउन नसक्ने गरी चर्को मूल्यको जीवन विताउन बाध्य छन् ।
सडक सुविधा पुगेको गोरखाकै आरुघाट र त्यहाँबाट पाँच दिनको पैदलदुरीमा पर्ने सामागाउँको बजारभाउमा समेत आकाश जमिनको फरक छ । गोरखा सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्ने आरुघाटमा २५ रुपैयाँ प्रतिकिलो पर्ने नुन सामागाउँसम्म पुग्दा एक सय ५० रुपैयाँ पर्छ ।
सामागाउँका कर्माछेवाङ लामाले पाँच दिन लगाएर आरुघाटबाट खच्चडमा खानेकुरा किनेर ल्याउँदा खरिदको पाँच गुणा बढी रकम ढुवानीमा खर्च गर्नु परेको बताए ।
त्यस्तै सामागाउँमा मिनिरल वाटर प्रतिबोतल २ सय रुपैयाँ, चामल प्रतिबोरा ५ हजार रुपैयाँ, खानापकाउने ग्यासको मूल्य १० हजार रुपैयाँ, सिलिन्डर बाहेक ५ हजार रुपैयाँ पर्छ, कोकोनट विस्कुट ३० रुपैयाँ पर्छ भने स्काई फोनको रिचार्ज २ सय ५० रुपैयाँ पर्छ । त्यस्तै चिनीको मूल्य प्रतिमाना २ सय रुपैयाँ रहेको छ । नयाँ पत्रिका दैनिकबाट













प्रतिक्रिया