२८ आश्विन २०८३, बुधबार

किशोरी बेच्नेलाई २० वर्ष कैद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadiनुवाकोट । नुवाकोटको उर्लेनी– २ का १६ र १७ वर्षका किशोरीलाई भारत बम्बई पुर्‍याएर बेचेको आरोपमा जिल्ला अदालत नुवाकोटले दुई जनालाई २० वर्ष जेल र दुई लाख जरिवाना तोकेको छ।

उर्लेनी– २ का रामबहादुर तामाङले २०६९ जेठ २२ गते प्रहरीमा दिएको उजुरीका आधारमा रालुका– १ का राहुल भन्ने कान्छा तामाङ र रालुका– ९ का सम्पूर्ण भनिने समिर थिङलाई अदालतले सजाय तोकेको हो।

पक्राउ परेको लामो समयपछि न्यायाधीश किरणप्रसाद शिवाकोटीको एकल इजलाशले पीडितलाई १ लाख रुपयाँ क्षतिपुर्ति र चेलिबेटी बेचबिखनका दलाललाई जनही २० वर्ष कैद सजाय तोकेको जनाएको छ। नागरिक दैनिकाबट