काठमाडौ । एमालेबाट सरकारको नेतृत्व गरेका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले कांग्रेससँग सहकार्य गरी काम गर्न असाध्यै गाह्रो भएको बताउदै आवश्यक परे फिर्ता बोलाउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
एमाले मुख्यालय बल्खुमा बुधवार केन्द्रीय समिति बैठकमा नेताहरुले राखेको जिज्ञासाको जवाफ दिंदै उनले कतिपय आफ्ना अडान नसुनेको र कांग्रेसको पक्षमा काम गर्न ठूलो दवाव परेको खुलासा गरेका हुन् ।
‘साथीहरुलाई यहाँ भन्न सजिलै छ । तर कांग्रेससँग मिलेर काम गर्न साह्रै गाह्रो छ’, बैठकमा उनले बोलेको उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले भने, ‘यही अवस्था रहिरहने हो भने केन्द्रीय समितिले सरकारबाट फिर्ता आउन भनोस् म तयार छु ।’
गौतमले त्यसो भन्दा अध्यक्ष खनालले भने परिस्थिति सुधार्न कांग्रेसका नेताहरु खासगरी प्रधानमन्त्री सुशील कोइरालासँग गम्भीर छलफल गर्ने बताएका थिए । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया