२८ आश्विन २०८३, बुधबार

एनआरएन आइसीसी अमेरिकाका उम्मेदवार​ ​डा शाहको अपिल 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

binod-shah
विजय थापा / अमेरिका 
लामो समय देखि न्युयोर्कमा बसोबास गर्दै आएका तथा पेशाले मानबिय चिकित्सक रहेका डा बिनोद शाहले गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिको सदस्यको लागि उम्मेदवारी दिएका छन् l नेपाली समुदायसंग आफु चिर परिचित भएकोले जानकारी गराउदै स्थापना काल देखि नै एआरएन अभियानसंग संलग्न भएको जनाउदै सम्पूर्ण नेपाली समुदायसंग आफुलाई अमुल्य मत दिई बिजयी गराउन हुन् अपिल गरेका छन l
 
उनि दुखाइ व्यवस्थापन विशेषज्ञ​(Pain Management Specialist )​तथा अल्बर्ट अईन्सटाईन चिकित्सा बिश्वबिद्यालय न्युयोर्कमा सहायक प्राध्यापक हुन l नेपाल धनुषा जिल्लाको जनकपुरधाम जन्म भै हाल अमेरिकामा बसोबास गरी रहेका चिकित्सक बिनोद शाह भन्छन एनआरए को मर्म र यसले अगि सारेका महत्वपूर्ण मुद्दाहरु र चालेका कदममा आफुले सदैब समर्थन गरेको बताउदै आफुसंग थुप्रै अनुभव रहेको बताएका छन् l ​ ​उनि भन्छन ,एनआरएनका अन्तर राष्ट्रिय तथा क्षेत्रिय सम्मेलन अधिकांसमा आफु सहभागी भएको बताए l हाल पनि एनआरएन संग आबद्ध रहेको जानकारी गराउदै अमेरिकाको एनआरएन मा बिगतमा काम गरेको अनुभवले मलाई बिजयी गराउने छन् भनि पूर्ण विश्वस्त छन् l
 
उनि बिभिन्न संघ तथा संस्थामा नेतृत्व प्रदान् गरि सकेको बताउदै आफुलाई समाज सेवा गर्न अभिरुचि रहेकोले धनुषामा छात्रवृति संचालन गरि रहेको बताए l आफुले धेरै प्रतिबद्धता जाहेर गर्नु भन्दा पनि ब्यबहारमा काम गरेर देखाउदा राम्रो हुने लागेकोले आफ्ना प्रतिबद्धताहरु यस प्रकार संक्षेपमा राखेका छन् l
 
१ ) ​Dual Citizenship -​दोहोरो नागरिकताको सवालमा आफुले स्थापना काल देखि नै वकालत गर्दै आएको र एकपटकको नेपाली सधैको नेपाली भन्ने मागलाई अझ सशक्त बनाउने l
 
२) ​E-library -​नेपालमा ७५ वटै जिल्लामा ई-पुस्तकालयको निर्माणमा रहेको अवधारणालाई अझ सार्थक बनाउन आफुले सहयोग गर्ने र हाल करिब ३५ वटा ई-पुस्तकालय पुगेको कुरा उल्लेख गर्दै ७५ वटै जिल्लामा यो अभियानलाई सफल बनाउन आफुले अहम भूमिका निर्वाह गर्ने l
 
३)​Emergency Fund -​गैर आवाशीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति ​अमेरिका​ ​तथा अन्तर्राष्ट्रियले अगाडी सारेको आकस्मिक कोष वृद्धि अभियानको लागि आफुले पूर्ण सहयोग गर्दै यसलाई तार्किक बिन्दुमा पुर्याउने र यसको लागि पहल गर्ने l
 
४) ​NRN Building -​एन आर एन आईसीसीले काठमाडौँमा बनाउन लागेको एन आर एन भवनको लागि आर्थिक सहयोग जुटाउन भूमिका निर्वाह गर्ने l
 
५) ​NRN -Connect ​बिश्व भरिका नेपालीलाई एकै सुत्रमा आबद्ध गराई सूचना संजालमा ल्याउने l 
 
                                 
डा बिनोद शाह 
उम्मेदवार
गैर आवासीय नेपाली संघ ,अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य